दशैँ नेपाल: यो वर्षको घटस्थापनायताका रोजिएका दश तस्बिर

यस वर्षको घटस्थापनादेखि नेपालका विभिन्न स्थानमा खिचिएका दशैँसँग सम्बन्धित तस्बिरमध्ये हामीले छानेका केही तस्बिरहरू:

तस्बिर स्रोत, Chandradev Sha/RSS

तस्बिरको क्याप्शन, घटस्थापनाको दिन पिडरियामाई मन्दिरमा कलश स्थापना गर्न जनकपुरधामको शिवचोकस्थित गङ्गासागरबाट कलशमा जल भरेर जाँदै गरेका भक्तजन

तस्बिर स्रोत, Bijaya Rawat/RSS

तस्बिरको क्याप्शन, जुम्लामा दशैँका बेला हरेक वर्ष हुने 'जुम्ली घोडादौड प्रतियोगिता'मा प्रतिस्पर्धा गर्दै सहभागी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नुवाकोटको विदुर नगरपालिकामा बनाइएको रोटेपिङमा रमाउँदै स्थानीयवासी

तस्बिर स्रोत, Karan Tamrakar/RSS

तस्बिरको क्याप्शन, महाअष्टिमाका दिन डडेल्धुरास्थित उग्रतारा मन्दिरमा पशुबली दिइन लागेको बेलाको दृश्य

तस्बिर स्रोत, Pema Lama/RSS

तस्बिरको क्याप्शन, काभ्रेपलाञ्चोकको पाँचखालस्थित पलाञ्चोक भगवती मन्दिरमा महाअष्टमीका दिन पूजापाठ एवम् दर्शनपछि मन्दिर परिक्रममा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी

तस्बिर स्रोत, Suresh Acharya/RSS

तस्बिरको क्याप्शन, वारीसधानको अभाव हुँदा बसको छतमा चढेर जोखिमपूर्ण रूपमा सुर्खेतबाट घर जाँदै यात्रुहरू

तस्बिर स्रोत, Bheshraj Basnet/RSS

तस्बिरको क्याप्शन, नेपालगञ्जमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवमा रामलीला मञ्चन गर्दै कलाकार

तस्बिर स्रोत, Nabin Gadtaula/RSS

तस्बिरको क्याप्शन, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शनिवार आयोजित उराँव (कुडुख) आदिवासी जनजातिहरूको पर्व राष्ट्रिय करम महोत्सवमा जमरासहित उपस्थित उराँव महिला

तस्बिर स्रोत, Rajendra Paneru/RSS

तस्बिरको क्याप्शन, शुक्लाफाँटा नगरपालिकास्थित पिपलाडीका किसान दम्पती धान काट्दै, दशैँमा पनि किसानलाई खेतमा पाकेको धान काट्ने चटारो छ

तस्बिर स्रोत, RATNA SHRESTHA/RSS

तस्बिरको क्याप्शन, फूलपातीका दिन टुँडिखेलमा आयोजित फूलपाती समारोहमा बढाइँ प्रदर्शन गर्दै नेपाली सेनाको ब्यान्ड

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख गरिएको छ।