इरानी परमाणुकेन्द्र र वायुसेनाको मुख्य शिविर भएको सहरमा ठूलाठूला विस्फोट

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इरानी परमाणुकेन्द्र र वायुसेनाको मुख्य शिविर भएको सहरमा ठूलाठूला विस्फोट

इरानको मध्यभागमा अवस्थित इस्फहान सहरमा हवाई हमला भएपछि ठूलाठूला विस्फोट भएको देखिने भिडिओ सार्वजनिक भएको छ।

उक्त सहरमा एउटा परमाणुकेन्द्र, वायुसेनाको मुख्य शिविर र अन्य सैन्यस्थलहरू छन्।

इरानी सञ्चारमाध्यमले केही "सैन्यस्थल" मा हवाई हमला भएको सङ्केत गरेको समाचारसंस्था एएफपीले जनाएको छ।

त्यसअघि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशले युद्धका लागि निर्धारण गरेको लक्ष्य आधाभन्दा बढी हासिल भइसकेको जनाएका थिए।

संयुक्त राज्य अमेरिका र इजरेलले गत महिना इरानमाथि आक्रमण गर्न थालेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।