युक्रेन-रुस तनावः रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछिको अवस्था देखाउने केही तस्बिर

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। बिहीवार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, रुसले आक्रमण गरेपछि एउटा सैन्य विमानस्थलमा धुवँको कालो मुस्लो उडेको देखियो

तस्बिर स्रोत, State Border Guard Service of Ukraine / PA Media

तस्बिरको क्याप्शन, युक्रेनको सीमा सुरक्षाबलले सार्वजनिक गरेको एउटा सीसीटीभी तस्बिरमा रुसी सेनाका वाहनहरू क्राइमियाबाट युक्रेनभित्र प्रवेश गरेको देखिन्छ

तस्बिर स्रोत, Anadolu Agency via Getty Images

तस्बिरको क्याप्शन, चूहूइभस्थित एउटा आवासीय भवन भएको क्षेत्रमा हवाई आक्रमण भएपछि फैलिएको आगो नियन्त्रण गर्ने प्रयासमा युक्रेनी अग्निशमन निकायका कर्मचारीहरू

तस्बिर स्रोत, Anadolu Agency via Getty Images

तस्बिरको क्याप्शन, त्यहाँबाट अग्निशमन कर्मचारीहरूले सर्वसाधारण नागरिकहरूको उद्धार गरेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दक्षिणपूर्वी मारिऊपोल सहरस्थित एउटा सैन्य केन्द्रबाट धुवाँको मुस्लो उडेको देखिएको थियो

तस्बिर स्रोत, EPA / Interior Ministry Press Service

तस्बिरको क्याप्शन, युक्रेन सरकारको एउटा निकायले किएभस्थित एउटा सैन्य केन्द्रमा विस्फोटन भएपछि खिचिएको तस्बिर सार्वजनिक गरेको छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, रुसले आक्रमण गरेपछि किएभको सडकमा खसेको बमको अवशेष निरीक्षण गर्दै प्रहरी र सुरक्षाकर्मी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, रुसले बम आक्रमण गरेपछि किएभको सडकमा रुसी बमको अवशेष भएको क्षेत्रमा सर्वसाधारण नागरिकहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, किएभ विमानस्थलमा मानिसहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डिनीप्रो सहरबाहिर पेट्रोल पम्प भएको क्षेत्रमाथि युक्रेनी हेलिकप्टर

सबै तस्बिरको सर्वाधिकार सुरक्षित