कोरोना भाइरस भारतः कोभिड-१९ ले मृत्युदर बढेपछि चौबीसै घण्टा सामूहिक दाहसंस्कार
कोरोनाभाइरस महामारीका कारण भारत अहिले अभूतपूर्व सङ्कटमा परेको छ।
कोभिड-१९ को दोस्रो लहर फैलिन थालेपछि बिरामी र मृतकको सङ्ख्या ह्वात्तै बढेको छ।
भारतमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघिसकेको छ।
यहाँ प्रस्तुत गरिएका केही तस्बिरले कसैकसैलाई विचलित पार्न सक्छन्।
तस्बिर स्रोत, Danish Siddiqui / Reuters
विगत सात दिनमा भरतमा अन्य देशमा भन्दा धेरै मानिसमा कोभिड-१९ पुष्टि भएको छ।
अस्पतालमा शय्या तथा अक्सिजन र औषधि नपाएर बिरामीहरूको मृत्यु भएको छ। अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन्।
अहिले अन्तिम संस्कार गर्ने ठाउँमा पनि ठूलो चाप बढेको छ। केही मसानघाटहरू अहोरात्र सञ्चालित छन्। त्यहाँ काम गर्ने कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गरिदिनुपरेको बताउँछन्।
हिन्दू धर्मावलम्बीहरूका लागि अन्त्येष्टि अर्थात् दाहसंस्कार एकदमै महत्त्वपूर्ण मानिन्छ।
भारतको राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाउपरेको छ। त्यहाँ घाटनजिकैका खाली ठाउँमा दाहसंस्कार गरिएको छ।
अन्तिम संस्कारका लागि आवश्यक दाउरा जुटाउन सहरका उद्यानमा भएका रूखहरू काट्न थालिएको छ।
मृतकका शोकाकुल आफन्तहरूले अन्त्येष्टिका लागि लामो समय पालो कुर्नुपरेको छ।
दिल्लीमा मृतकका आफन्त र मसानघाटका कर्मचारीहरू अन्त्येष्टिमा सहभागी भएका केही तस्बिरहरू प्रस्तुत गरिएको छ।
तस्बिर स्रोत, Naveen Sharma/SOPA Images/Shutterstock
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Amarjeet Kumar Singh / Shutterstock
तस्बिर स्रोत, Danish Siddiqui / Reuters
तस्बिर स्रोत, Danish Siddiqui / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Danish Siddiqui / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
तस्बिर स्रोत, Adnan Abidi / Reuters
सबै तस्बिरको प्रतिलिपि अधिकार सुरक्षित
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन