खगोलशास्त्र फोटोग्राफर वर्ष पुरस्कार २०२०: एन्ड्रोमेडा तारापुञ्जको तस्बिरले पायो पहिलो पुरस्कार

निकोलस लेफोडक्स एन्ड्रोमेडा तारापुञ्जबारेका उनका तस्बिरहरूका लागि 'इन्साइट इन्भेस्टमेन्ट एस्ट्रोनोमी फोटोग्राफर - २०२०' पुरस्कारका विजेता बनेका छन्।

तस्बिर स्रोत, Nicolas Lefaudeux

फोर्जेस-लेस-बाइन्स, इले-डी-फ्रान्सबाट लिइएको यो फोटोले संसारभरका हजारौँ सिकारु र व्यवसायी फोटोग्राफरहरूलाई उछिनेर १० हजार ब्रिटिश पाउण्डको पुरस्कार हात पारेको छ।

प्रतिस्पर्धाका निर्णायक एड रबिन्सनले भने, "हामी धेरैका लागि हाम्रो सबभन्दा नजिकको छिमेकी तारापुञ्ज एन्ड्रोमेडा अति टाढा रहेको लाग्न सक्छ, तर त्यसैको खिचिएको एउटा फोटोले त्यो हाम्रो भौतिक पहुँचमै छ भन्ने देखाउनु साँच्चिकै जादुमयी छ र अहिले सामाजिक दूरीप्रति अभ्यस्त हुन सिकिरहेका बेला त्यस्तो तस्बिर उपयुक्त पनि लाग्छ।"

टिल्ट-शीफ्ट भनिएको विशेष खालको प्रभाव देखाउन फ्रान्सेली फोटोग्राफरले थ्रीडी प्रिन्टरको प्रयोग गरेर क्यामेरालाई टेलिस्कोपको निश्चित कोणमा सोझ्याएका थिए।

किनारमा रहेको धुमिलपनले नजिकै रहेको भ्रम उत्पन्न गर्छ जबकी उक्त तारापुञ्ज बीस लाख प्रकाशवर्ष टाढा रहेको छ।

प्रतिस्पर्धा आयोजकहरूले दिएका विवरण सहित अरू शीर्षकका विजेताहरू:

अरोरा : द ग्रीन लेडी, फोटोग्राफर-निकोलस रोमेल्ट, जर्मनी

तस्बिर स्रोत, Nicholas Roemmelt

तस्बिरको क्याप्शन, नर्वेको आकाशमा राति देखिएको अरोरा

नर्वेतर्फको यात्रामा "द लेडी इन ग्रीन" (हरियो लुगामा सजिएकी महिला) अचानक रोमेल्टका लागि उपस्थित भइदिइन्- सारा आकाश हरियो, निलो र गुलाफी रङमा बलिरहेको थियो।

अरोरा प्राकृतिक विद्युतीय प्रक्रियाका कारण पृथ्वीको चुम्बकीय ध्रुव नजिकैका क्षेत्रमा देखापर्छन्।

सबभन्दा राम्रा नयाँ फोटोग्राफर: छालहरू, फोटोग्राफर- बेन्स टथ हङ्गेरी

तस्बिर स्रोत, Bence Toth

यो तस्बिरमा क्यालिफोर्निया नेबुलाको मध्य क्षेत्र देखाइएको छ।

हाम्रो चन्द्रमा: रङ्गीबिरङ्गी टाइको क्रेटर क्षेत्र, फोटोग्राफर- अलेन पाइलु, फ्रान्स

तस्बिर स्रोत, Alain Paillou

तस्बिरको क्याप्शन, चन्द्रमाको सतहमा विभिन्न रासायनिक मिश्रणको कारण क्रेटरहरू रङ्गीविरङ्गी देखिन्छन्

टाइको क्रेटर चन्द्रमाको प्रख्यात क्रेटरमध्ये एक हो।

यो तस्बिरले हाम्रो प्राकृतिक स्याटेलाइटको सुन्दरता र जटिलता उजागर गरेको छ।

निलो रङ उच्च मात्रामा रहेको टाइट्यानियम अक्साइडको हो रातो चाहिँ उच्च मात्रामा रहेको आइरन अक्साइड हो।

हाम्रो सूर्य: तरल सूर्यरश्मी, फोटोग्राफर- अलेग्जन्ड्रा हार्ट, यूके

तस्बिर स्रोत, Alexandra Hart

सूर्यको यो सतह करिब १०० किलोमिटर बाक्लो छ र एकप्रकारको ढुङ्गा छापेको जस्तो देखिएका छन्।

मानिस र अन्तरिक्ष: प्रविधिको कैदमा, फोटोग्राफर- राफेल श्मल, हङ्गेरी

तस्बिर स्रोत, Rafael Schmall

यो तस्बिरको बीचमा रहेको अलबाइरियो डबल स्टार हो जसको वरिपरि गतिमान उपग्रहहरू छन्।

ग्रहहरू, पुच्छ्रेतारा र उल्कापिण्ड: हामीबीच विद्यमान अन्तरिक्ष, फोटोग्राफर- लुकाज सुजका, पोल्यान्ड

तस्बिर स्रोत, Lukasz Sujka

तस्बिरको क्याप्शन, चन्द्रमाको सतहको तस्बिर, टाढा वृहस्पति ग्रह पनि देखिन्छ

अक्टोबर ३१, २०१९ दिन चन्द्रमा र वृहस्पति ग्रह नजिक देखिएका बेला खिचिएको तस्बिर।

आकाशदृश्य : रङ पोतिएको आकाश, फोटोग्राफर- थोमस कास्ट, जर्मनी

तस्बिर स्रोत, Thomas Kast

फिनल्याण्डको ल्यापल्याण्ड क्षेत्रमा ध्रुवीय रातको सुन्दर तस्बिर खिच्ने पर्खाइमा रहेका बेला कास्टको सामु आकाशमा स्ट्र्याटोस्फेरिक बादलको यस्तो दृश्य देखा पर्‍यो।

तारा र निहारिका: अन्तरिक्षमा विशाल ज्वाला, फोटोग्राफर- पीटर वार्ड, अस्ट्रेलिया

तस्बिर स्रोत, Peter Ward

तस्बिरको क्याप्शन, निहारिका मात्र देखाउन सफ्ट्वेयर प्रयोग गरिएको छ र रङ् पनि मिलाइएको छ

एनजीसी ३५६७ दक्षिणी आकाशमा देखिने प्रख्यात निहारिका हो तर यहाँ कुनै ताराविना देखाइएको छ।

निहारिका मात्र देखाउन सफ्ट्वेयर प्रयोग गरिएको छ र रङ् पनि मिलाइएको छ। यो दृश्यमा ब्रह्माण्डीय अग्नि-भुमरी देखाइएको छ।

युवा: चार ग्रहहरू र चन्द्रमा, फोटोग्राफर एलिस फोक ह्याङ, फ्रान्स

तस्बिर स्रोत, Alice Fock Hang

तस्बिरको क्याप्शन, हिन्द महासागरमाथि ग्रहहरूको अवस्थिति देखिने गरी खिचिएको फोटो

फोक ह्याङले ग्रहहरूको अवस्थिति देखिने गरी खिचेको यो फोटोमा हिन्द महासागरमाथि शुक्र, बुध, एन्टेयर्स तारा, वृहस्पति र शनि देखिएका छन्।

एनी मन्डर प्राइज फर इमेज इन्नोभेसन: कालो नदी, फोटोग्राफर- जुली एफ हिल, यूके

तस्बिर स्रोत, Julie F Hill

तस्बिरको क्याप्शन, एउटा कलात्मक प्रस्तुती जसमा आकाशगङ्गाको एउटा भागलाई खुम्चिएको कागजमा देखिएको जस्तो प्रस्तुत गरिएको छ

डार्क रिभर भनेको एकप्रकारको कलात्मक काम हो जसले आकाशगङ्गामा रहेका अवयवको नक्साङ्कन गर्छ। यसमा ८ करोड ४० लाख तारा देखिएका छन्।

चिलीस्थित इएसओको प्यारानल अबजर्भेटरीबाट भिस्टा सर्भे टेलिस्कोपले लिएको तस्बिर जसको शक्ति नौ अर्ब पिक्सेलको छ।

एस्ट्रोनोमी फोटोग्राफर अफ द यर २०२० का विजेताहरूका तस्बिर ग्रीनवीच लन्डनस्थित न्याशनल मेरिटाइम सङग्रहालयमा २३ अक्टोबर २०२०देखि ८ अगष्ट २०२१ सम्म प्रदर्शनमा राखिने छ।