यूकेमा लौहयुगमा 'हत्या गरिएका' एक मानिसको कङ्काल फेला पर्यो
तस्बिर स्रोत, HS2
यूकेको बकिङ्हम्शरमा रेलमार्ग निर्माण भइरहेको स्थानमा फेला परेको एउटा अस्थिपञ्जर लौहयुगमा हत्या गरिएका एक व्यक्तिको हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन्।
झन्डै २००० वर्ष पुरानो नरकङ्काल भुइँमा घोप्टिएको र दुवै हात ढाडतिर लगेर पछाडिपट्टि बाँधिएको अवस्थामा भेटिएको थियो।
रेलमार्ग एचटुएस निर्माण आयोजनाकी पुरात्त्वविद् र्याशल वुडले ती वयस्क पुरुषको मृत्युलाई "एउटा रहस्य" को सङ्ज्ञा दिँदै थप विश्लेषणले कारण स्पष्ट हुनसक्ने बताइन्।
त्यहाँ प्राचीन स्टोनहेन्ज स्मारकको जस्तै काठको एउटा संरचना र रोमन शैलीको समाधि पनि फेला परेका छन्।
अरू प्राचीन सामग्री
उक्त स्थानमा रेलमार्गको निर्माणका क्रममा नवपाषाणयुगदेखि मध्ययुगसम्मका वस्तुहरू फेला परेका छन्।
तस्बिर स्रोत, HS2
तस्बिर स्रोत, HS2
"मान्छेका ४,००० वर्ष पुराना गतिविधिहरू देखाउने स्थान फेला पर्दा हामी केही चकित छौँ," डा. वुडले भनिन्।
त्यहाँ भेटिएको नवपाषाणयुगमा निर्मित काठका थामहरूको गोलो घेराको व्यास ६५ मिटर छ ।
उक्त संरचना स्टोनहेन्जमा जस्तै हिउँदे अयनान्तसँग मिल्नेगरी बनेको छ।
सो स्थानमा इसापूर्व ३००० देखि इस्वी संवत् ४३ सम्म मानिसहरूको बसोबास भएका विभिन्न प्रमाणहरू भेटिएको छ।
तस्बिर स्रोत, HS2
तस्बिर स्रोत, HS2
रोमनकालमा उक्त स्थानमा मृतकहरूलाई समाधिस्थ गरिन्थ्यो।
त्यहाँ लीड अर्थात् सिसाको "बहुमूल्य" शवपेटिकामा एउटा "कुलीन" व्यक्तिको अस्थिपञ्जर भेटियो।
उक्त स्थान शताब्दिऔँदेखि "कुलीन वर्गका मानिसको समाधिका लागि निरन्तर प्रयोग" भएको पाइनु रोचक भएको डा. वुड बताउँछिन्।
अपवाद
तर लौहयुगीन यो अस्थिपञ्जर भने अपवाद हो।
ती व्यक्तिको हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गर्दै डा. वुड भन्छिन्, "वेल्विक फार्मका यी मानिसको मृत्यु हाम्रा लागि रहस्य बनेर रहेको छ। तर खाल्डोको पीँधमा मुख घोप्टो पारेर र हात बाँधेर पुग्ने धेरै तरिका छैनन्।"
अस्थिशास्त्रीहरूले "यो सम्भावित बीभत्स मृत्यु"मा थप प्रकाश पार्लान् भन्ने आफूहरूको आशा भएको उनी बताउँछिन्।
तस्बिर स्रोत, HS2
तस्बिर स्रोत, HS2
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन