जुम्ल्याहाको भिड लागेपछि श्रीलङ्काको नयाँ विश्व कीर्तिमानको प्रयास भङ्ग
सबैभन्दा धेरै जुम्ल्याहाहरू एकै स्थानमा जम्मा गरेर नयाँ विश्व कीर्तिमान राख्ने श्रीलङ्काको प्रयास अत्याधिक भिडका कारण असफल भएको छ।
आयोजक श्रीलङ्का ट्वीन्सले ताइवानमा सन् १९९९ मा राखिएको विश्व कीर्तिमान तोड्न देशभरका जुम्ल्याहाहरूलाई कोलम्बोको एउटा रङ्गशालामा जम्मा हुन आह्वान गरेको थियो।
ताइवानमा ३,९६१ जोडी जुम्ल्याहा, ३७ तिम्ल्याहा समूह र चार चम्ल्याहा समूह एकै स्थानमा जम्मा भएको कीर्तिमान गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कायम छ।
कोलम्बोमा भने सोमवार अपेक्षा गरिए भन्दा ठूलो सङ्ख्यामा जुम्ल्याहाहरू जम्मा भएपछि गिनिजको कडा दर्ता प्रक्रिया असम्भव बनेको थियो।
तस्बिर स्रोत, AFP
जुम्ल्याहाहरू नयाँ विश्व कीर्तिमान राख्ने आशामा आएका थिए तर उनीहरूको जन्म दर्ता प्रमाणपत्र परीक्षण गर्न धेरै लामो लाम लागेको थियो।
तस्बिर स्रोत, Reuters
प्रत्येक जोडीको परीक्षण र तस्बिर लिदाँ कम्तीमा पाँच मिनेट लागेको थियो।
तस्बिर स्रोत, AFP
आयोजकले ५,००० जोडी आउने अपेक्षा गरेका थिए।
तस्बिर स्रोत, Reuters
श्रीङ्कामा सो संस्थामा दर्ता भएका १४,००० जुम्ल्याहा जोडी छन्।
तस्बिर स्रोत, Reuters
सेनाका जेनरल जोडी जयन्था र पूराका सेनेभिरत्नले...
तस्बिर स्रोत, AFP
... श्रीलङ्काली सेनामा भएका जुम्ल्याहाहरूको समूह नेतृत्व गरेका थिए।
तस्बिर स्रोत, EPA
आयोजकले अत्यधिक सङ्ख्यामा जुम्ल्याहा जोडी आएका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको कडा प्रक्रिया पार गर्न नसकिएको बताएको छ।
तस्बिर स्रोत, Reuters
तर छिटै नै अर्को प्रयास गर्न अर्को कार्यक्रम आयोजन गरिने बताइएको छ।
तस्बिर स्रोत, Reuters
धेरै सहभागीहरूले अर्को कार्यक्रममा प्रयास गर्न आउने बताएका छन्।
तस्बिर स्रोत, AFP
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन