फिफा विश्वकप फुटबल : ४८ टोली सहभागी गराउने योजना पछि सर्‍यो

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: १ मिनेट

विश्व फुटबलको प्रशासनिक निकाय फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप प्रतियोगितामा ४८ टोली सहभागी गराउने योजना स्थगित गरेको छ।

हाल विश्वकपमा ३२ टोली सहभागी हुने गर्छन्।

सहभागी टोलीको सङ्ख्या बढाउन आवश्यक तयारीको लागि समय अपुग भएको फिफाले एक विज्ञप्तिमार्फत् जनाएको छ।

धेरै टोली सहभागी भएको खण्डमा कतारले आयोजनाको जिम्मेदारी सो क्षेत्रका अन्य देशसँग पनि बाँड्नुपर्ने हुन्थ्यो।

सन् २०२६ को विश्वकप चाहिँ अमेरिका, क्यानडा तथा मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।

त्यो प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी हुनेछन्।

फिफा अध्यक्ष जानी इन्फान्टिनोले गत वर्ष ४८ टोली सहभागी गराएर आयोजना हुने विश्वकप सन् २०२६ को साटो सन् २०२२ मै गर्न सकिने बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यसअघि सन् २०१७ को जेनुअरीमा फिफाले सन् २०२६ को विश्वकप प्रतियोगितामा ४८ टोली सहभागी गराउने पक्षमा एकमतले निर्णय गरेको थियो।

अध्यक्ष इन्फान्टिनो धेरै टोली सहभागी गराउने विचारका प्रखर समर्थक हुन्। फुटबल समावेशी हुनुपर्ने उनको धारणा रहँदै आएको छ।

"हामी २१ औँ शताब्दीमा छौँ र विश्वकप पनि २१ औँ शताब्दीअनुकूल हुनुपर्छ," उनले भनेका थिए।

"यो नै भविष्य हो। फुटबल भनेको केवल युरोपेली वा दक्षिण अमेरिकी खेल होइन। यो विश्वव्यापी हो।"