थाईल्यान्डमा समुद्रको बीचबाट तेल खानीका कामदारले गरे कुकुरको उद्धार
थाईल्यान्डमा समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि तेल खानीका कामदारहरूले उसको उद्धार गरेका छन्।
गत शुक्रवार कुकुरलाई समुद्रमा देखेपछि ती कामदारहरूले उसलाई बोलाए। मानिसको आवाज सुनेर ऊ पौडिँदै उनीहरू भएको रिगतिर गएको थियो।
सो कुकुर कसरी त्यति पर समुद्रमा पुग्यो भन्ने स्पष्ट छैन। केही समाचार सामग्रीका अनुसार ऊ माछा मार्ने डुङ्गाबाट पानीमा खसेको हुन सक्छ।
तस्बिर स्रोत, ViralPress
ती कामदारहरूले सो कुकुरको नाम बून्रड राखिदिएका छन्। थाई भाषामा सो शब्दको अर्थ 'जोगाइएको' वा 'उद्धार गरिएको' हुन्छ।
तस्बिर स्रोत, ViralPress
उद्धार गरिँदा बुन्रड निकै थकित रहेको बताइन्छ। उसलाई स्वच्छ पानी र खानेकुरा दिइएको थियो।
तस्बिर स्रोत, ViralPress
तस्बिर स्रोत, ViralPress
उसको उमेर तीनदेखि पाँच वर्ष भएको अनुमान गरिएको छ।
उसलाई रिगमा राखेर कामदारहरूले समुद्री तटतिर फर्किँदै गरेको एउटा ट्याङ्करलाई सहयोगका लागि रेडियो सन्देश पठाएका थिए।
तस्बिर स्रोत, ViralPress
तस्बिर स्रोत, ViralPress
कामदारहरूले उसको शरीरबाट समुद्रको पानीमा भिज्दा जम्मा भएको नुन पखाल्न उसलाई नुहाइदिएका थिए। त्यसपछि ऊ सुतेको थियो।
तस्बिर स्रोत, ViralPress
शुक्रवार दिउँसो समुद्र शान्त र मौसम सफा भएकाले सो कुकुरलाई देख्न र उद्धार गर्न सकिएको कामदारहरूले बताए।
तस्बिर स्रोत, ViralPress
आइतवार क्रेनको सहायताले बून्रडलाई रिगबाट तेल ओसार्ने जहाजमा सारिएको थियो। त्यसपछि उसलाई दक्षिण थाईल्यान्डस्थित एक पशुचिकित्सक भएको ठाउँमा लगियो।
तस्बिर स्रोत, ViralPress
जहाजबाट ओरालेर चिकित्सककहाँ पुर्याइँदा ऊ खुसी देखिएको बताइएको छ।
तस्बिर स्रोत, ViralPress
सबै तस्बिरको प्रतिलिपि अधिकार सुरक्षित
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन