‘आमाबाबुले बन्धक बनाएका १३ जनाको उद्धार’
तस्बिर स्रोत, Getty Images
क्यार्लिफोनियाका प्रहरीले सार्न बर्नाडिनो नजिकै रहेको आफ्नो घरको ओछ्यानमा सिक्रीले बाँधेर राखिएका २ देखि २९ वर्षका एकै परिवारका सन्तानको परिचय सार्वजनिक गरेका छन्।
उनीहरूका आमाबुबालाई पक्राउ गरिएको छ र यातना अनि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ।
आइतवार भाग्न सफल एक किशोरीले आपतकालीन सेवामा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदीबहिनीलाई बन्धक बनाइएको जानकारी दिएकी थिइन्।
प्रहरीको कार्यालयले कैयौँ पीडितलाई ओछ्यानमै हत्कडी लगाएर राखिएको र दुर्गन्ध आउने ठाउँमा थुनिएको जनाएको छ।
फोन
पेरिस नगरको मुइर वुड्स रोडसँगैको एउटा घरभित्रको त्रासदीपूर्ण अवस्थाबारे त्यहाँबाट मोबाइल फोनसहित भागेर प्रहरीलाई फोन गर्न सफल भएकी एक १७ वर्षीया किशोरीले बताएकी हुन्।
उनले आफ्ना १२ जना दाजुभाइ तथा दिदीबहिनीलाई अभिभावकले बन्धक बनाएको दावी गरेकी थिइन्।
त्यो घरमा पुग्दा प्रहरीले १२ जना बालबालिका फेला परेको विश्वास गरे।
तर उनीहरू त्यसबेला छक्क परे जब फेला परेकामध्ये सात जना १८ देखि २९ वर्षका वयस्क रहेको जानकारी पाए।
अभियोग
उनीहरू फोहोर र कुपोषणबाट ग्रस्त जस्तो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
हातमा हत्कडी लगाएर अँध्यारो र दुर्गन्धित ठाउँमा उनीहरूलाई कोठामा ताला लगाएर राखिएको थियो।
अनुसन्धानकर्ताहरूले भनेका छन्, ५७ वर्षीय डेविड टर्पिन र ४९ वर्षीया लुविस टर्पिनले आफ्ना छोराछोरीलाई त्यसरी बन्धक राख्नुको कारण खुलाउन सकेका छैनन्।
उनीहरूलाई पक्राउ गरिएको छ र यातना अनि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन