तस्बिरमा हेर्नुहोस् अर्बपति जेफ बेजोस र लरेन सान्चेजको बिवाह

तस्बिर स्रोत, Instagram/Reuters

पढ्ने समय: ३ मिनेट

एमजनका संस्थापक जेफ बेजोस र लरेन सान्चेज विलासी विवाहमा सहभागी हुन रियालिटी स्टार, कलाकार, राज परिवारका सदस्य र कैयौँ सेलिब्रिटीहरू भेनिस पुगेका छन्।

अमेरिकी प्रस्तोता तथा नायिका ओप्रा विन्फ्री, नायक ओर्लान्डो ब्लूम, अमेरिकी सञ्चारकर्मी काएली जेनर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प लगायतका सेलिब्रिटीहरू शुक्रवार इटलीको उक्त सहरमा देखिएका थिए।

तीन दिन चल्ने विवाह उत्सवको अन्तिम दिन शनिवार भव्य पार्टीको आयोजना गरिएको छ।

जलवायु परिवर्तन र पर्यटनका स्थानीय अभियानकर्मीहरूले विवाहको विरोधमा प्रदर्शन पनि गरेका छन्।

इन्स्टाग्राममा पोस्ट गरिएको एक तस्बिरमा गाउनमा सजिएकी ५५ वर्षकी सान्चेज ६१ वर्षका बेजोसको छेउमा मुस्कुराइरहेको देखिन्छ।

शुक्रवारको वैवाहिक कार्यक्रममा करिब २०० जनालाई निम्तो गरिएको थियो।

विवाहको खर्च कति हुन्छ भन्ने प्रस्ट नभए पनि त्यो दुई करोड देखि साढे चार करोड अमेरिकी डलरसम्म हुनसक्ने ठानिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी प्रस्तोता तथा नायिका ओप्रा विन्फ्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी सञ्चारकर्मी तथा सेलिब्रिटी किम कादर्शिअन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी मोडल केन्डल जेनर र अमेरिकी सञ्चारकर्मी काएली जेनर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एउटा सानो मोटरबोटबाट हात हल्लाउँदै जेफ बेजोस

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, जेफ बेजोसलाई देखेपछि उत्साहित मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भेनिसको नहर मानिहरूको सदाब्दीऔँ पुरानो मार्ग हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्लोइ कादर्शिअन र क्रिस जेनर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी सङ्गीतकर्मी असर र फुटबल स्टार टम ब्रेडी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेजोसको खर्चिलो विवाहको विरोधमा प्रदर्शन भइरहेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरी ग्याम्बल र क्रिस जेनर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, किम कार्डाशिअन र क्लोई कार्डाशिअन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फेसन म्यागेजिन सम्पादक एडवर्ड एनिनफुल र इटलिअन मोडल भिक्टोरिया चेरेती

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी प्रविधि उद्यमी बिल गेट्स र उनकी पार्टनर पाउला हर्ड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अभिनेता लिओनार्दो डि क्याप्रिओ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अभिनेता ओर्लान्दो ब्लुम

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प आफ्ना श्रीमान् जारेड कूश्नरका साथ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सान्चेज र बेजोस

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।