महारानी एलिजाबेथः राज्यारोहणको ७०औँ वार्षिकोत्सव - ब्रिटिश महारानीका हतपत नदेखिने तस्बिरहरू

ब्रिटिश महारानी एलिजाबेथ यो संसारमा सम्भवतः सबैभन्दा धेरै फोटो खिच्ने व्यक्तिमध्ये एक हुन्। उनी विरलै कतै अचानक रूपमा देखा परेकी छन्। सबैभन्दा लामो समय शासन गर्ने ब्रिटिश राष्ट्राध्यक्षले राज्यारोहण गरेको अहिले ७० औँ वार्षिकोत्सव मनाउन लागिएको छ।

यसै अवसरमा यहाँ उनका केही कम औपचारिक तस्बिरहरू प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, राजकुमार फिलिप र महारानी यूनिभर्सिटी अफ शेफल्डमा सन् २०१० मा थ्रीडी चस्मा लगाएर हेर्दै

एलिजाबेथ द्वितीया संसारमा सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष हुन्। उनले कम्तीमा ११७ देशको भ्रमण गरिसकेकी छन्।

उनले १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी छन्। उनी ब्रिटेनको एक मात्र व्यक्ति हुन् जसलाई विदेश भ्रमण गर्न जाँदा राहदानी आवश्यक पर्दैन।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९७७ मा ब्रिटिश भर्जिन आइल्यान्ड भ्रमणका बेला आँपको निरीक्षण गर्दै महारानी एजिलाबेथ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९७९ मा मस्कट भ्रमणका बेला ओमनका सुल्तानसँग महारानी एलिजाबेथ। त्यहाँ हावाले उनको ह्याट उडाउन लागेको देखिन्छ

लामो समय शासन गर्ने ब्रिटिश महारानीका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिना छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एउटा सैन्य समारोहमा बकिङ्गम दरबारको बार्दलीमा हँसिलो मुद्रामा महारानीसहित राजपरिवारका सदस्यहरू

महारानीका जेठा छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स उनका उत्तराधिकारी हुन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००६ मा स्कटल्यान्डमा भएको एउटा खेल हेर्दै हँसिलो मुद्रामा महारानी र राजकुमार चार्ल्स

निकै लामो समय राजकीय उत्तरदायित्व निर्वाह गर्ने क्रममा ड्यूक अफ एडिन्बराले महारानीसँग हजारौँ आधिकारिक कार्यक्रमहरूमा भाग लिए।

प्रायः उनीहरूले एकअर्का छेउमा रहेर सहजै काम गर्थे। तर एक पटक केही अनिमन्त्रित आगन्तुकहरूले एउटा कार्यक्रममा अवरोध सिर्जना गरे।

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, मौरीको बथान उड्दै आएपछि सैन्य पोसाक लगाएका प्रिन्स फिलिपसँग हाँस्दै गरेकी महारानीको यो तस्बिर पीएका फोटोग्राफर क्रिस योङले खिचेका हुन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रोयल विन्डसर होर्स शो २०१७ हेर्न जाँदा घोडादौड कति प्रतिस्पर्धात्मक थियो भन्ने सङ्केत गर्दै महारानी

उनको लामो समयको शासनकालमा उनको घोडाप्रतिको लगाव निरन्तरको विषयवस्तु बनेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१५ मा बर्लिनस्थित यूनिभर्सिटी अफ टेक्नोलजीमा रोबट हेरेर रमाइलो मान्दै महारानी

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।