अफगानिस्तान द्वन्द्वः तालिबान लडाकुहरूको नियन्त्रणमा आएपछि राजधानी काबुल

अफगानिस्तानको राजधानीमा प्रवेश गरेपछि तालिबान लडाकुहरू त्यहाँ स्थापित हुन क्रममा छन्।

तस्बिर स्रोत, EPA

अफगान राष्ट्रपति अशरफ गनी देश छोडेर पलायन भएका छन्।

यहाँ सोमवार खिचिएका केही तस्बिरहरू प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, EPA

बीबीसीका मलिक मुदास्सिरका अनुसार सहरको मध्य भागमा जनजीवन सामान्यजस्तो नै देखिएको थियो।

तर सहरमा थोरै गाडीहरू चलेका थिए भने अधिकांश पसलहरू बन्द थिए।

सर्वसाधारण मानिसहरू शान्त नै देखिएका थिए।

तस्बिर स्रोत, EPA

तर अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था भने डरलाग्दो देखिएको बीबीसी संवाददाताले बताएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, AFP

विमानस्थलमा झन्डै २,५०० अमेरिकी सैनिकहरू विमानस्थलमा भएको थप ५०० जना त्यहाँ थपिने अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले बताएका छन्।

अमेरिकी सैनिकहरूले "फेरि सुरक्षा कायम गर्न काम गरिरहेको" किर्बीले बताए।

अमेरिकी रक्षा मन्त्रालयले उडानहरू रोकिएको घोषणा गरेको छ।

तस्बिर स्रोत, AFP

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा अफगान नागरिकहरू उड्न लागेको एउटा अमेरिकी सैन्य विमाननजिकै कुदेको देखिन्छ।

तस्बिर स्रोत, Unknown

एम्नेस्टी इन्टरन्याश्नलले अन्तर्राष्ट्रिय समुदायलाई "थप त्रासदी हुन नदिन निर्णायक" रूपमा काम गर्न आह्वान गरेको छ।

"हामीले अफगानिस्तानमा जे देखिरहेका छौँ त्यो दुःखद घटना हो जुन पहिला नै पूर्वानुमान हुनुपर्थ्यो र हुन दिनुहुन्नथ्यो," उक्त संस्थाकी महासचिव आग्न्येस क्यालमाँले भनिन्।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, विमानस्थलको धावनमार्गमा बसेर काबुलबाहिर जाने पालो कुर्दै सर्वसाधारण अफगान नागरिकहरू

सबै तस्बिरको सर्वाधिकार सुरक्षित