तस्बिर प्रतिस्पर्धा: 'अर्थ' फोटो २०२१ को विजेता घोषणा
तस्बिर स्रोत, Rosie Hallam
एउटा इथियोपियाली परिवारको शिक्षा प्राप्ति यात्रा सम्बन्धी तस्बिरले सन् २०२१ को 'अर्थ फोटो कम्पिटिशन' अर्थात् पृथ्वी फोटो प्रतिस्पर्धा जितेको छ।
रोजी हलामले तीन व्यक्तिको शैक्षिक यात्राबारे खिचेका फोटाहरू शिक्षाको अधिकार शीर्षकमा राखिएको छ।
फोटोमा सेलामअ उनकी आमा मेसलेच र उनका बाबु मार्कोलाई देखाइएको छ जो प्राथमिक विद्यालय जाने उमेर पार गरिसकेको भए पनि शिक्षा प्राप्ति यात्रामा टिकिरहन्छन्।
यो परिवार आफूलाई खान मात्र पुग्ने कृषक परिवार हो र यिनीहरू शैक्षिक कार्यक्रममा सहभागी भएका छन्।
प्रतिस्पर्धाको 'द पिपल' अर्थात् मानिसहरू विधाको पुरस्कार पनि यही शिक्षा प्राप्ति शृङ्खलाले जितेको छ।
'लैङ्गिक समानता'
हलाम भन्छिन्, "शिक्षा आधारभूत मानव अधिकार र प्रभावकारी लगानी पनि हो।"
"शिक्षा विकासका लागि आवश्यक छ र सामाजिक स्वास्थ्य, आर्थिक वृद्धि र सुरक्षा लैङ्गिक समानता र शान्तिको आधार स्तम्भ हो।"
फरेस्ट्री इङ्गल्यान्ड र द रोयल जियोग्राफिकल सोसाइटीले ५५ वटा मनोनयन गरिएका तस्बिर र चार वटा फिल्मबाट ६ विधाका विजेता रोजेका छन्।
उक्त प्रतिस्पर्धाले वातावरण सम्बन्धी उत्कृष्ट दृश्य सामग्रीलाई प्रदर्शन गर्ने र विश्व र विभिन्न प्राणीबारे छलफललाई प्रोत्साहित गर्ने लक्ष्य लिएको छ।
तस्बिर स्रोत, Edward Bateman
एडवार्ड बेटम्यान्सको योसेमेटी हाफ डोम इन् विन्टरले 'द प्लेस' अर्थात् ठाउँ सम्बन्धी विधाको पुरस्कार पाएको छ।
कोभिड प्रतिबन्धका कारण राष्ट्रिय निकुञ्जको भ्रमण असम्भव तुल्याइदिएको छ त्यसैले फोटोग्राफरले आफ्नै भान्छाको टेबलमा बसेर थ्रीडी प्रविधि र अमेरिकी भौगर्भिक निकाय युनाइटेड स्टेट्स जियोग्राफिकल सोसाइटीको तथ्याङ्क र मसिनको सहयोगमा उक्त तस्बिर तयार परेका हुन्।
तस्बिर स्रोत, Markus van Hauten
मार्कस भ्यान हटन्सको ब्लू पुल शिर्षकको आइसल्यान्डको एउटा पानीको कुण्डको तस्बिरले 'नेचर' अर्थात् प्रकृति विधामा पुरस्कार जितेको थियो।
तस्बिर स्रोत, Roberto Bueno
रोबर्टो ब्यूनोको 'फरेस्ट लाइक गार्डेन' अर्थात् जङ्गल जस्तो बगैँचाले बदलिँदो वन विधामा पुरस्कार जितेको थियो।
तस्बिर स्रोत, Antonio Perez
तस्बिर स्रोत, Antonio Perez
तस्बिर स्रोत, Antonio Perez
एन्टोनियो पेरेजको 'द सी मुभ्स अस' घानाको फ्यूभमेले पश्चिम अफ्रिकामा प्रत्यक्ष प्रभावित तट क्षेत्र क्षयीकरणबाट प्रत्यक्ष प्रभावित व्यक्तिहरू देखाएको छ जसले 'क्लाइमेट अफ चेन्ज' विधामा पुरस्कार जितेको थियो।र पिअर पाउलो मिटिका र एलिसान्ड्रो टेसेइको शीतयुद्धमा गरिएका अस्त्र परीक्षणले पारेको मानवीय र वातावरणीय प्रभाव सम्बन्धी सामग्रीले उत्कृष्ट भिडिओ पुरस्कार जितेको छ।मनोनयनमा परेका तस्बिरहरू राखेर अगस्ट २५ मा द अर्थ फोटो प्रदर्शनी लन्डनस्थित रोयल जियोग्राफिकल सोसाइटी परिसरमा आयोजना गरिनेछ।र त्यसको एउटा खण्ड फरेस्ट्री इङ्ल्यान्डको कैयौँ इकाईहरूमा यसै वर्षको अन्त्यमा प्रदर्शनीमा राखिनेछ।तस्बिर स्रोत: रोयल जियोग्राफिक सोसाइटी
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन