कोरोना भाइरस नेपालः कोभिड-१९ को प्रकोप बढ्न थालेपछि पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह र घाटमा चाप

नेपालमा कोभिड-१९ पुष्टि हुने र कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने सङ्ख्या बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कमा सर्वाधिक दैनिक सङ्क्रमण र मृत्यु भएको विवरण छ।

तस्बिर स्रोत, Reuters / NAVESH CHITRAKAR

तस्बिरको क्याप्शन, कोभिड-१९ का कारण मृत्यु भएका आफन्तको पार्थिव शरीरलाई टाढाबाटै नमस्कार गर्दै एक आफन्त

तस्बिर स्रोत, Reuters/NAVESH CHITRAKAR

काठमाण्डू उपत्यकाका सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दा शव व्यवस्थापन र अन्तिम संस्कारको काम चुनौतीपूर्ण बन्ने देखिएको छ।

तस्बिर स्रोत, Reuters/NAVESH CHITRAKAR

पहिला कोभिड-१९ भएर मृत्यु भएका व्यक्तिको पार्थिव शरीरलाई विद्युतीय शवदाहगृहमा जलाइने गरेकोमा यो सातादेखि वाग्मती नदीको किनारमा चिता बनाएर परम्परागत रूपमा जलाउन थालिएको छ।

तस्बिर स्रोत, Reuters / NAVESH CHITRAKAR

तस्बिर स्रोत, Reuters / NAVESH CHITRAKAR

पशुपति क्षेत्र विकास कोषका अनुसार शवदाहगृहमा भएका तीन वटामध्ये दुइटा उपकरण मात्र अहिले प्रयोगमा छन्।

तेस्रो उपकरणको मर्मत हुँदै गरेको र चौथो जडान गर्ने योजना भएको बताइएको छ।

तस्बिर स्रोत, Reuters / NAVESH CHITRAKAR

तस्बिर स्रोत, RSS / Roshan Sapkota

तस्बिरको क्याप्शन, शवदाहगृहले चाप धान्न नसकेपछि वाग्मती नदीको किनारमा चिता बनाएर अन्तिम संस्कार गर्न थालिएको छ

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपति क्षेत्रमा सोमवार ३७ वटा, आइतवार २६ वटा, शनिवार २३ वटा र शुक्रवार १६ वटा शवको अन्तिम संस्कार गरिएको थियो।

कोभिड मृतकको अन्तिम संस्कारको कामका लागि जनशक्ति बढाइएको कोषले जनाएको छ।

गत वर्षदेखि नै कोभिड-१९ का कारण मृत्यु हुँदा शव व्यवस्थापन गर्न नेपाली सेना देशभरि नै परिचालित छ।

तस्बिर स्रोत, Reuters / NAVESH CHITRAKAR

विद्युतीय शवदाहगृह र वाग्मती नदीको किनारमा गरेर दैनिक १०० वटासम्म शव जलाउन सकिने कोषका सदस्यसचिव प्रदीप ढकालले बताएका छन्।

तस्बिर स्रोत, RSS / Chandrakala Chhetri

तस्बिर स्रोत, Reuters / NAVESH CHITRAKAR

तस्बिरको क्याप्शन, शवका लागि चिता बनाउँदै एक कर्मचारी

तस्बिर स्रोत, Reuters / NAVESH CHITRAKAR

तस्बिरको क्याप्शन, कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव पशुपति क्षेत्रस्थित शवदाहगृहमा पुर्‍याएर फर्किँदै शववाहनका एक चालक

सबै तस्बिरको सर्वाधिकार सुरक्षित।