कोरोना भाइरस भारत : सङ्कट गहिरिँदै जाँदा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दाहसंस्कार गर्ने स्थानको अभाव भएसँगै दिल्लीमा सामूहिक रूपमा शव दाह गरिराखिएको छ

भारतमा कोरोनाभाइरस सङ्क्रमणको लहरका बीच सघन उपचार शय्या, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।

गत २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ३ लाख ४९ हजार ६ सय ९१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ७९ लाख ६० हजार १ सय ७२ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोभिडका कारण २,७६७ जनाको मृत्यु भएको छ।

अहिलेसम्म कुल मुत्यु हुनेको सङ्ख्या १ लाख ९२ हजार ३ सय ११ रहेको छ।

३० लाख सङ्क्रमित पछिल्लो दुई हप्तामा थपिएका हुन्।

र अझै त्यहाँ प्रत्येक दिन सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या थपिने क्रम जारी छ।

भारतमा देखिएको विनाशकारी प्रभाव त्यहाँका शवदाह स्थलहरूमा खिचिएका तस्बिरहरूले स्पष्ट पारेका छन् जसमा शोकमा डुबेका परिवार सदस्यहरू अन्तिम संस्कारका लागि घन्टौँ कुरिरहेको र दाहसंस्कारका लागि स्थानको अभाव भएसँगै सामूहिक रूपमा गरिएको देख्न सकिन्छ।

दाहसंस्कार स्थलहरूमा केही दिन बिताएर मृत्यु भएकाहरूको सङ्ख्या गनेका पत्रकारहरूले सरकारी तथ्याङ्कलाई चुनौती दिइरहेका छन्।

केही सहरहरूमा सरकारले बताएको भन्दा मृत्यु हुनेहरूको सङ्ख्या १० गुणा बढी रहेको उनीहरूले आकलन गरेका छन्।

बीबीसी गुजरातीले गत हप्ता गरेको एउटा रिपोर्टमा सुरत सहरको शवदाहगृह लामो समयसम्म निरन्तर चलाइएका कारण तापले त्यहाँको चिम्नी नै पग्लिन सुरु भएको उल्लेख गरिएको छ।

तर सरकारले हालसम्म कुनै पनि स्थानमा आधिकारिक तथ्याङ्क संशोधन गरेको छैन।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मुम्बईमा कोभिड-१९ बाट ज्यान गएका व्यक्तिको अन्तिम संस्कार गर्नु अघि सुरक्षा पोसाक लगाएर बेन्चमै आराम गरिरहेका एक व्यक्ति

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कोरोनाभाइरसबाट मृत्यु भएका आफन्तको अन्तिम संस्कारका क्रममा दिल्लीको एउटा शवदाहगृहमा देखिएका आफन्त

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दिल्लीमा कोरोनाभाइरसका कारण मृत्यु भएका व्यक्तिको शव नजिकै उभिएका स्वास्थ्यकर्मी

तस्बिर स्रोत, Sumit Kumar

तस्बिरको क्याप्शन, व्यापक प्रभाव परेको लखनऊ सहरको दृश्य

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मुम्बईमा कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको अन्तिम संस्कार गरिँदै

सबै तस्बिरको सर्वाधिकार सुरक्षित।