राजकुमार फिलिप: महारानी एलिजावेथले शेअर गरिन् पतिसँग खिचेको आफूलाई मन पर्ने एउटा तस्बिर
तस्बिर स्रोत, COUNTESS OF WESSEX VIA PRESS ASSOCIATION
महारानी एलिजाबेथ द्वितीयाले आफ्ना पति ड्यूक अफ एडिन्बरा राजकुमार फिलिपको अन्तिम संस्कारको पूर्वसन्ध्यामा उनीसँगको आफ्नो एउटा मन परेको तस्बिर सार्वजनिक गरेकी छन्।
काउन्टिस अफ वेसिक्सले सन् २००३ मा खिचेको उक्त तस्बिरमा राजदम्पती एबर्डीनशरस्थित एउटा घाँसे मैदान विश्राम गरिरहेको देखिन्छ।
ड्यूक कुहिनोको आड लागेर पछाडि ढल्किएका छन् र उनको टोपी घुँडामा राखिएको छ।
उनको अन्तिम संस्कार शनिवार स्थानीय समयानुसार १५:०० बजे विन्ड्सर कासलमा हुनेछ।
अन्तिम संस्कारका बेला उनका सन्तान उनको शवयात्रामा सहभागी हुनेछन्।
घमाइलो दिनमा खिचिएको तस्बिरमा महारानी र राजकुमार फिलिप पूर्ण रूपमा आराम गरिरहेको र महारानी मुस्कुराएको देखिन्छ। यो तस्बिर राजदम्पतीका कान्छा छोरा एड्वर्डकी पत्नी सोफीले खिचिकी हुन्।
कोठे बुट्टा भएको स्कर्ट, शर्ट र हलुका स्वेटर अनि मोतीको माला लगाएकी महारानी कम्बलमा आफ्ना पतिनजिकै बसेकी छन्।
तस्बिर खिचिएको स्थान महारानीको निजी सम्पत्ती बाल्मोरल नजिकै पर्छ जहाँ राजदम्पती गर्मीयाममा मनाउने आफ्नो परम्परागत छुट्टी मनाउने गर्थे।
यसैबीच, महारानी एलिजाबेथ द्वितीया र राजकुमार फिलिपका नातिनी जारा टिन्डलसँग विवाह गरेका माइक टिन्डलले ड्यूक अफ एडिन्बराप्रति "एक निष्ठावान् पारिवारिक व्यक्ति जसलाई हामी सधैँ माया गर्छौं र सम्झिरहनेछौँ" भनि श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
इङ्ग्ल्यान्डका भूतपूर्व रग्बी खेलाडीले आफ्नो इन्स्टाग्राममा राजपरिवारको निजी फोटो एल्बमबाट राजकुमार फिलिप र आफ्नी जेठी छोरी मियाको तस्बिर प्रेषित गरेका छन्।
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त
डचिस अफ केम्ब्रिजले खिचेको उक्त तस्बिरमा मिया र उनका जिजुबुवा एउटा काठको बेन्चमा बसेर सँगै खाना खाइरहेको देखिन्छ।
ड्यूकको दायाँ छेउमा बीअर आधा भएको एउटा ग्लास पनि देखिन्छ।
राजकुमार फिलिपको ९९ वर्षको उमेरमा गत साता शुक्रवार निधन भएको थियो। त्यसपछि राजपरिवारका थुप्रै सदस्यहरूले पहिला नदेखिएका तस्बिरहरू सार्वजनिक गरेका छन्।
एलिजाबेथ र फिलिपको ७३ वर्षअघि विवाह भएको थियो।
तस्बिर स्रोत, DUCHESS OF CAMBRIDGE
तस्बिर स्रोत, KENSINGTON PALACE
तस्बिर स्रोत, CLARENCE HOUSE
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन