तस्बिरमा यो साता: उत्कृष्ट समाचार तस्बिरहरू

यो साता विश्वभरि खिचिएकामध्ये शक्तिशाली समाचार तस्बिरहरू हेर्नुहोस्।

तस्बिर स्रोत, Tomas Cuesta / Getty Images

तस्बिरको क्याप्शन, निधनको खबर सुनेपछि आर्जेन्टिनाको ब्यूनस एरिजमा दिवंगत फूटबल स्टार डिएगो म्यराडोनाको भित्तेचित्रअगाडि रुदै गरेकी एक महिला। म्याराडोनालाई सर्वकालीन महान्‌ फुटबल खेलाडीमध्ये एकको रूपमा विश्वले चिन्छ।

तस्बिर स्रोत, Eduardo Soteras / AFP

तस्बिरको क्याप्शन, इथियोपियाको हुमेरामा आक्रमणले क्षति पुगेको कोठामा उभिएकी एक महिला। टिग्रे क्षेत्रमा नेताहरूप्रति वफादार फौज र राष्ट्रिय सेनाबीच भएको लडाइँमा सयौँ मानिस मारिएका छन् भने हजारौँ विस्थापित भएका छन्।

तस्बिर स्रोत, Hannah McKay / Reuters

तस्बिरको क्याप्शन, अमेरिकाको भर्जिनियास्थित ब्ल्याक फ्राइडेको अवसरमा किनमेलका लागि एउटा कम्प्युटर गेम स्टोरअगाडि कुर्दै गरेका क्रेताहरू।

तस्बिर स्रोत, Stephane De Sakutin / AFP

तस्बिरको क्याप्शन, प्यारिसमा प्रदर्शनकारीमाथि फोहोरा हान्दै गरेका प्रहरी। काममा रहेका प्रहरीको भिडिओ खिच्न नमिल्ने लगायत प्रावधान सहितका एउटा विवादास्पद सुरक्षा विधेयकको विरोध हुँदै आएको छ।

तस्बिर स्रोत, Hannah McKay / Reuters

तस्बिरको क्याप्शन, ह्वाइट हाउसमा 'थ्याङ्क्स गिभिङ्ग' चाडका अवसरमा आयोजित कार्यक्रममा सहभागी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया।

तस्बिर स्रोत, EPA / STR

तस्बिरको क्याप्शन, गत मङ्गलवार चीनले प्रक्षेपण गरेको मानवरहित चाङ'ए-५ यानलाई हेर्दै चिनियाँ नागरिकहरू। उक्त यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ।

तस्बिर स्रोत, Jane Barlow / PA Media

तस्बिरको क्याप्शन, कलाकार बू पेटर्सनले कलात्मक फेस शिल्ड देखाउँदै। प्यारिस फेशन हाउसका कर्मचारीहरूले मेडिकल पीपीई लगाएको देखेपछि उनले कलात्मक फेस शिल्ड बनाएकी हुन्।

तस्बिर स्रोत, Navesh Chitrakar / Reuters

तस्बिरको क्याप्शन, नेपालको राजधानी काठमाण्डूमा दूरी काम गर्दै मास्क लगाएर कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीहरू।

तस्बिर स्रोत, Ben Birchall / PA Media

तस्बिरको क्याप्शन, ब्रिस्टल यूकेमा आराम गरिरहेको हरिण र उसको छालाको रौँ कोट्ट्याइरहेको एक चरो

तस्बिर स्रोत, Carl Recine / Reuters

तस्बिरको क्याप्शन, यूकेको स्टाफोर्डशायरमा क्रिस्मस ट्री बोकेका एक व्यक्ति। परिवारसँग क्रिस्मस मनाउनका लागि भन्दै पाँच दिनका लागि यूकेमा प्रतिबन्धात्मक कदमहरू खुकुलो पारिँदैछ।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सुरक्षित।