अमेरिका निर्वाचन नतिजा २०२०: सामाजिक सञ्जालमा नेपालीहरू के भनिरहेका छन्

तस्बिर स्रोत, Twitter/@SurajSHAKYA

पढ्ने समय: २ मिनेट

अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना भइरहँदा चुनावका सम्भावित विजेतादेखि निर्वाचनको परिणामले नेपालमा पार्न सक्ने प्रभावबारे सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूले पनि आफ्ना धारणा राखिरहेका छन्।

उनीहरूले महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिले लिने नीतिका कारण विश्व नै प्रभावित हुने भन्दै त्यसको असर नेपालमा पनि देखिनसक्ने टिप्पणी गरेका छन्।

कतिपयले राष्ट्रपति डोनल्ड ट्रम्प नै पुनर्निवार्चित हुने धारणा राखिरहेका छन् भने कतिले जो बाइडन नयाँ नेताका रूपमा चुनिने बताइरहेका छन्।

यसपटक शताब्दीकै धेरै मतदान भएको र ठूलो सङ्ख्यामा मतपत्रहरू हुलाकबाट पठाइएकाले चुनावी परिणाम आउन केही दिन लाग्ने खबरहरू आइरहेका छन्।

नेपालीहरू के भनिरहेका छन्?

राजनीतिमा पनि लागेका पूर्वाधारविज्ञ सूर्यराज शर्माले अमेरिकी चुनावमा देखिएको कडा प्रतिस्पर्धाप्रति आश्चर्य व्यक्त गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, “..स्वीङ स्टेटहरूमा ट्रम्पको अचम्मको अग्रता देखिन्छ। अमेरिकाको समाज राजनीतिमा समस्या देखियो। तर समाधान ट्रम्प होइनन्। जस्तो परिणाम आएपनि अमेरिकी राजनीतिमा उथल पुथल हुने देखिन्छ।”

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

रिपब्लिका दैनिकका प्रधानसम्पादक सुवास घिमिरेले द इकोनोमिस्ट अखबारको एउटा समाचारमाथि टिप्पणी गर्दै बाइडनले जित्ने देखिएको तर अमेरिकी सञ्चारमाध्यमले भने जस्तै “एकछत्र” हुने अवस्था नरहेको उल्लेख गरेका छन्।

तर पत्रकार वीरेन्द्र केएमले फेसबुकमा अहिलेको अङ्क परिणामलाई हेरेर केही भन्न नसकिने भन्दै अन्तत: ट्रम्पले चुनाव जित्ने पक्कापक्की भएको दृष्टिकोण राखेका छन्।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

सुरुमा चुनावको प्रारम्भिक झुकाव बाइडनतिर हो कि भनेर प्रश्न गरेका पत्रकार नारायण अमृतले “जो सुकैले जितोस्!” भन्दै अर्को ट्वीट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राष्ट्रपति ट्रम्पप्रति व्यक्त समर्थनले अमेरिकी मूल्य मान्यतामा प्रश्न खडा गरेको टिप्पणी गरेका छन्।

अमेरिकी समाजलाई ‘अचम्मको’ भन्दै उनले लेखेका छन्, “एक संसदीय महाअभियोग, ६ टाट पल्टाइका घटना, २६ यौन दुर्व्यवहारका आरोप र अनुमानित ४००० मुद्दाहरु खेपिरहेका ट्रम्प अमेरिकाजस्तो शिक्षित, सुसंस्कृत, विकशित देशमा राष्ट्रपतीय चुनावमा अझै कडा प्रतिष्पर्धामा छन्। के रहेछ शिक्षा, सुसंस्कार र विकासको मापदण्ड?”

विश्वको शक्तिकेन्द्र र 'लोकतन्त्रमा समस्या'

लेखक विजयकुमारले ट्विटरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र काठमाण्डूस्थित अमेरिकी राजदूतावासलाई मेन्सन गर्दै अमेरिकी चुनावलाई विश्वभर उत्सुक्तापूर्वक हेरिएको उल्लेख गरेका छन्।

उनले पहिलाको तुलनामा कमजोर भएपनि अमेरिका अझै पनि विश्वको केन्द्र रहेको र चुनावको परिणामले दुनियाँभर धेर थोर प्रभाव पार्ने टिप्पणी गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले कम्तीमा ५१ वटा चुनावसम्बन्धी कानुन रहेको अमेरिकामा अब १८ शताब्दीको नभई अहिलेको समय सुहाँउदो संवैधानिक व्यवस्था गरिनुपर्ने मत ट्विटरमा राखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

लेखक सुजीव शाक्यले अमेरिकी चुनाव सम्पन्न भएपछि विश्वलाई अल्मल्याउने नयाँ विषय के बन्ने होला भनेर प्रश्न गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, “यो चुनावले विश्वभर सर्वाधिक सङ्ख्यामा अमेरिकी चुनावका विज्ञ तथा विश्लेषकहरू उत्पादन गरेको छ।”