कोरोना भाइरस: चीनले आफूलाई हराउन जे पनि गर्न सक्ने ट्रम्पको आरोप
तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न चीनले 'गर्न सक्ने सबै काम' गर्ने बताएका छन्।
रोयटर्स समाचार संस्थालाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताए।
उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे।
ट्रम्पलाई अमेरिकामा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ट प्रयास नगरेको आरोप लाग्ने गरेको छ।
कोरोनाभाइरसको कारण ट्रम्पले पुनर्निर्वाचित हुनका लागि मुख्य मुद्दा बनाएको अमेरिकी अर्थतन्त्र धरापमा परेको छ।
तस्बिर स्रोत, Reuters
चीनसँग व्यापार युद्ध थालेका ट्रम्पले उनले चीनविरूद्ध के कस्तो कदम चाल्न सक्छन् भन्ने कुराको थप जानकारी दिएनन्।
उनले रोयटर्सलाई भने,"मैले गर्न सक्ने धेरै कुरा छन्। हामी के भयो भन्ने कुरा हेरिरहेका छौँ।"
"यो दौडमा मलाई हराउन चीनले जे जति गर्न सक्ने गर्नेछ।"
रिपब्लिकन राष्ट्रपति ट्रम्पले सम्भावित डेमोक्र्याट उम्मेदवार जो बाइडेको नोभेम्बरको निर्वाचनमा जित होस् भन्ने चीनको चाहना रहेका पनि बताए।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन