कोरोना भाइरस ब्रिटेन: कोभिड-१९ भएकी गर्भवती नर्सको मृत्यु, तर बच्चा 'सकुशल'

तस्बिर स्रोत, Other

तस्बिरको क्याप्शन, आग्यापोङलाई एप्रिल ‍५ मा कोभिड-१९ भएको पुष्टि भएको थियो

ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु भएको छ तर उनको गर्भबाट बच्चालाई शल्यक्रिया गरेर जीवितै निकालिएको छ।

न्याश्नल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लूटनस्थित एउटा अस्पतालमा कार्यरत २८ वर्षीया मेरी आग्येईवा आग्यापोङको गत आइतवार मृत्यु भएको थियो।

उक्त अस्पतालका एक प्रवक्ताले नवजात शिशु राम्रो स्थितिमा भएको जनाएका छन्। तर उनले शिशुको विषयमा थप जानकारी दिएनन्।

दुई दिनअघि उनलाई कोभिड-१९ भएको पुष्टि भएपछि आग्यापोङलाई एप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो।

बेड्फर्डशर हस्पिटल्स फाउन्डेशन ट्रस्टका प्रमुख कार्यकारी डेभिड कार्टरले आग्यापोङको कामको प्रशंसा गर्दै उनको मृत्युमा दु:ख व्यक्त गरेका छन्।

तस्बिरको क्याप्शन, आग्यापोङ द लूटन एन्ड डन्स्टेबल हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन्

आग्यापोङका पतिलाई पनि कोभिड-१९ भएको पुष्टि भएको छ।

उनी अहिले एकान्तवासमा छन्।

आग्यापोङका सहकर्मीहरूले उनको परिवारलाई आर्थिक सहयोग सङ्कलन गर्न लागेका छन्।

त्यसका लागि उनीहरूले एउटा फन्डरेजिङ पेज बनाएका छन्। त्यसमा रकम जम्मा हुन थालेको छ।