कोरोनाभाइरसः अमेरिकी चिडियाखानामा बाघलाई पनि सङ्क्रमण

तस्बिर स्रोत, Corbis via Getty Images

तस्बिरको क्याप्शन, ब्रोङ्सस्थित चिडियाखानामा पालिएको एउटा बाघ
पढ्ने समय: २ मिनेट

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।

चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभाइरस भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।

तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।

भिन्न प्रजातिमा नयाँ सङ्क्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको निगरानी गरिने उक्त चिडियाखानाले बताएको छ।

यो Instagram पोस्ट छोड्नुहोस्
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त

चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रोगको कुनै लक्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्।

"तिनको स्याहार गर्न खटिएका तर लक्षणरहित सङ्क्रमण भएका एक व्यक्तिबाट हाम्रा बाघलाई सङ्क्रमण सरेको हो," ब्रोङ्स जूले भन्यो।

सङ्क्रमणको लक्षण देखिएका सबै जीवलाई चिडियाखानामा छुट्टै राखिएको छ।

न्यूयोर्कमा भएका चारवटा चिडियाखाना मार्च १६ देखि आगन्तुकका लागि बन्द छन्।

त्यहाँ भएका वन्यजीव र कर्मचारीको सुरक्षाका लागि अब नयाँ उपाय अवलम्बन गरिनेछ।

"अमेरिकामा घरमा पालिएका कुकुर वा बिरालोसहित पशुबाट मानिसमा कोभिड-१९ सरेको कुनै प्रमाण छैन," ब्रोङ्स जूको विज्ञप्तिमा उल्लेख छ।

संरक्षणविज्ञहरूले कोरोनाभाइरसका कारण मानव जातिको नजिकैका नातेदार ग्रेट एप भनिने गोरिला, चिम्पान्जी र ओराङ्उटानजस्ता जीव जोखिममा भएको चेतावनी दिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुनसान सहरमा वन्यजीवहरू यसरी घुम्छन्