कोरोनाभाइरस: विश्वव्यापी महामारीका कारण सडक र सार्वजनिक स्थलहरू सुनसान देखिन थालेका छन्

कोरोनाभाइर सङ्क्रमण विश्वभरि फैलिएपछि मानिसहरू सार्वजनिक स्थलमा जान छोडेका छन्। पहिला व्यस्त देखिने सडकहरू अहिले सुनसान देखिन थालेका छन्।

तस्बिर स्रोत, HANNAH MCKAY / Reuters

तस्बिरको क्याप्शन, लन्डनमा व्यस्त समय भनिने बेला मिलेनीअम पुलमा हिँड्दै एक महिला। कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गर्न प्रधानमन्त्री बोरिस जोनसनले अत्यावश्यकबाहेक अन्य अवस्थामा सर्वसाधारणहरूलाई बाहिर ननिस्किन अनुरोध गरेका छन्।

तस्बिर स्रोत, VALERY HACHE / Getty

तस्बिरको क्याप्शन, फ्रान्सको नीस सहरमा भूमध्यसागरतर्फ हेर्दै एक पुरुष। फ्रान्समा हिँडडुल गर्न प्रतिबन्ध लगाउँदै सरकारले मानिसहरूलाई घरमै बस्न भनेको छ।

तस्बिर स्रोत, MAHMOUD KHALED / EPA

तस्बिरको क्याप्शन, यूएईमा ड्रोनबाट खिचिएको यो तस्बिरमा रित्तो तटीय क्षेत्र देख्न सकिन्छ। यूएईले अधिकांश पर्यटकीय क्षेत्र बन्द गरेको छ। विदेशी पर्यटकलाई भिसा दिन पनि रोकेको छ।

तस्बिर स्रोत, DANIEL DAL ZENNARO / EPA

तस्बिरको क्याप्शन, मिलानमा देखिएको एउटा खाली चोक। इटलीमा सरकारले औषधि र खाद्य सामाग्री बेच्नेबाहेक सबै पसल बन्द गर्न निर्देशन दिएको छ।

तस्बिर स्रोत, ADNAN ABIDI / Reuters

तस्बिरको क्याप्शन, भारतको राजधानी दिल्लीमा देखिएको सफदरजङ्ग समाधिस्थल। सरकारले त्यहाँ पनि मानिसहरूलाई भेला नहुन आदेश दिएको छ।

तस्बिर स्रोत, Miguel Gutierrez / EPA

तस्बिरको क्याप्शन, भेनेजुएलामा सुनसान सडक। त्यहाँ सर्वसाधारणहरूलाई आफ्नो घरमै बस्न आग्रह गरिएको छ।

तस्बिर स्रोत, JEENAH MOON / REUTERS

तस्बिरको क्याप्शन, न्यूयोर्कमा विद्यालय, रेस्टुराँ र मदिरालय पनि बन्द हुँदैछन्।

तस्बिर स्रोत, FERNANDO VILLAR / EPA

तस्बिरको क्याप्शन, स्पेनको मड्रिडनजिकै अवस्थित एउटा सहरमा गस्ती गर्दै सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, HELMUT FOHRINGER / AFP

तस्बिरको क्याप्शन, भीएनामा रित्तो चोकमा बसिरहेका दुई सर्वसाधारण

तस्बिर स्रोत, ALI HASHISHO / REUTERS

तस्बिरको क्याप्शन, लेबननमा आपत्कालीन अवस्थाको घोषणा गरिएपछि सडकमा सर्वसाधारणहरूको सङ्ख्या कम भएको छ

तस्बिर स्रोत, LILLIAN SUWANRUMPHA / AFP

तस्बिरको क्याप्शन, ब्याङ्ककमा डुङ्गा विहारमा रमाउँदै एक जोडी। थाईल्यान्डका पर्यटकीय स्थलमा विदेशीहरूको स‍ङ्ख्या घटेको छ।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित