सेताम्मे हिउँमा काश्मीरी ऊन सङ्कट

ब्रिटिश फोटोपत्रकार एन्ड्रयु नेवीले कश्मीरका घुमन्ते चाङ्पा समुदायको जीवन अनि कश्मीरी ऊन र पश्मीना उत्पादनका चुनौतीबारे अध्ययन गरेका छन्।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, हिमालको फेदीमा चर्न लगिएका च्याङ्ग्रा फर्कदै गरेको दृश्य

नेवीले चाङ्पा समुदायसँग भारत प्रशासित कश्मीरको लद्दाखमा दुई हप्ता बिताए।

आफ्नो फोटो श्रृङ्खला तयार पार्ने क्रममा उनले पश्मीना ऊन उत्पादनको इतिहास र घुमन्ते समुदायको जीवन र परम्पराको जोखिमबारे पनि अध्ययन गरे।

उनी भन्छन्, "१४,००० फिटभन्दा बढीको उचाइमा हिउँद याममा तापक्रम माइनस ४० डिग्रीसम्म खस्न सक्छ र यहाँ चाङथाङ पठारमा रहेको बरफको विशाल मरूभूमिमा कोही पनि जीवित छन् वा रहन सक्छन् भन्ने पत्याउन गाह्रो हुन्छ।"

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, लद्दाखमा रहेका पर्वतहरूको औसत उचाई छ हजार मिटर रहेको छ

हिमालय र कराकोरम पर्वत श्रृङ्खलाबीचको उक्त भूभाग संसारकै सबैभन्दा अग्लो मानव बसोबास भएको पठार हो र त्यहाँ एकदमै दुर्लभ प्रजातिको च्याङ्ग्रा पाइन्छ।

उक्त च्याङ्ग्राको ऊनबाट पश्मीना बनाइन्छ।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, उच्च हिमाली भूगोलमा पनि च्याङ्ग्राहरू सहजै जीवनयापन गर्छन् तर भारी हिमपात हुँदा र हिउँ जम्दा उनीहरूलाई आहारा खोज्न गाह्रो हुने गर्छ

हिमाली क्षेत्रको उच्च भूगोल, एकदमै चिसो तापक्रम र कडा सिरेटोले च्याङ्ग्राका ऊनलाई बढ्न र नरम हुन मद्दत गर्छ।

उक्त ऊनको चौडाइ आठदेखि १० माइक्रोन हुन्छ जुन मान्छेको कपालभन्दा १० गुणा नरम र भेडाको उनभन्दा आठ गुणा न्यानो हुन्छ।

सौखिनहरूले प्रयोग गर्ने पश्मीना संसारकै सबैभन्दा नरम र महङ्गो प्रकारको ऊन हो।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, आफ्ना च्याङ्ग्रालाई आराम गराउन फर्काउदै एक गोठालो

फोटोगाफ्रर नेवीका अनुसार चाङ्पा घुमन्तेहरूले आफ्ना चौँरी, भेडा र च्याङ्ग्राहरूलाई परम्परागत उच्च हिमाली मार्गमा केही महिनाको अन्तरालमा डुलाउँदै आहारा खोज्ने गरेका छन्।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, ढुङ्गाले बनेको लोब्साङको हिउँदयामको घर

"यो समुदाय परम्परागत जीवन पद्धति जलवायु परिवर्तन, चीनबाट आयात गरिएको नक्कली पश्मीना, गुणस्तरीय शिक्षाको आवश्यकता र सहज एवम् आरामदायी जीवनशैलीका कारण जोखिममा परेको छ।"

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, भुटी उक्त गाउँकी अगुवा महिला हुन्

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, गोठालाहरूले सामान बोक्न चौँरीको प्रयोग गर्छन्

घुमन्ते समुदाय र वैज्ञानिकहरूले उक्त क्षेत्रको पश्मीना उत्पादनलाई जलवायु परिवर्तनले ठूलो जोखिम थपिरहेको निष्कर्ष निकालेका छन्।

चाङथाङ पठारमा ठूलो हिमपात खासै हुने गरेको थिएन। हिमपात भयो भने त्यो ज्यानुअरी वा फेब्रुअरीमा हुन्थ्यो।

तर पछिल्ला केही वर्षयता भारी हिमपात पर्न थालेको छ जुन डिसेम्बर वा अझ नोभेम्बर महिनामा नै शुरू हुने गर्छ।

त्यसका कारण जनवारहरू भोकले नमरोस् भनेर उनीहरूलाई अन्य खाना खुवाउन थालिएको छ।

जाडोयाममा पनि न्यानो हुन थालेको छ जसले गर्दा मूल्यवान पश्मीनाको गुणस्तर र परिमाण दुवै घटेको छ।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, दोर्जी तल उपत्यकामा च्याङ्ग्रा चराउन लैजान्छिन्

कश्मीरी पश्मीना महङ्गो छ त्यही भएर चाङ्पाले च्याङ्ग्राका रौँहरूलाई त्यो खस्ने समय वसन्त ऋतुमा सावधानीपूर्वक कोर्छन र टिप्छन्।

राम्रो ऊनलाई नराम्रो ऊनबाट हातले अलग गरिन्छ।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, बसन्त याममा च्याङ्ग्राको शरिरबाट रौँ प्राकृतिक रूपमा नै झर्न थाल्छ र विशेष प्रकारको काइँयोको प्रयोग गरी गोठालाहरूले त्यसलाई टिप्छन्

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, रौँहरूलाई प्रशोधित गर्ने काममा पनि पुरूषहरू संलग्न हुन्छन्

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, एउटा काश्मीरी च्याङ्ग्राबाट जम्मा चार औन्स ऊनमात्रै जम्मा हुन्छ।

रौँ अलग गरेर सफा गरिसकेपछि त्यसलाई बुन्ने प्रक्रिया पनि जटिल र समय लाग्ने खालको हुन्छ।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, फिरन्ते जीवन त्यागिसकेका चाङ्पा महिलाहरूले आफ्नो अधिकांश समय पश्मीना बुन्न खर्च गर्छन्

एकदमै दक्ष व्यक्तिलाई पनि त्यसरी बुन्ने काम सम्पन्न गर्न कैयौँ महिनादेखि वर्षदिनसम्म लाग्ने गर्छ।

पश्मीना संसारभर निर्यात गरिन्छ र यो २०,००० देखि सवा दुई लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, पश्मीना सल दिल्लीमा रहेको कश्मीरी पसलहरूमा बिक्री गरिन्छ

अर्को चिन्ताको विषय बढ्दै गएको हिमचितुवाको सङ्ख्या हो।

उनीहरूले पालेका जनावरमाथि हिमचितुवाको आक्रमणको जोखिम रहेको छ।

यो पछिल्लो दशकमा भएको संरक्षणको सफलताको कथा हो।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, च्याङ्ग्रा चराउँदै एक गोठाला

पश्मीना उत्पादनमा योगदान पुर्‍याउने च्याङ्ग्रा चराउने काम जोखिममा पर्नुको अर्थ पश्मीनामा निर्भर जम्मु-कश्मीरका तीन लाख मानिसको जीविकोपार्जन जोखिममा पर्नु हो।

यसको अर्थ चाङ्पाको विशेष संस्कृति समाप्त हुनु हो।

उनीहरूमध्ये अधिकांश तिब्बती बौद्ध धर्मका अनुयायीहरू हुन् र पशुपालन उनीहरूको संस्कृतिको अभिन्न अङ्ग हो।

तस्बिर स्रोत, Andrew Newey

तस्बिरको क्याप्शन, लेह शहरको बाहिर फिरन्ते जीवन त्यागेका परिवारहरूको बसोबास रहेको कर्नाक लिङ सामुन्नेको पहाडमा अवस्थित एउटा बौद्ध गुम्बा

तस्बिर स्रोत, Andrew Newey

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।