चीन र ट्विटर: सामाजिक सञ्जालबाट चिनियाँ कूटनीति प्रस्फुटन भएको वर्ष

पढ्ने समय: ५ मिनेट

बेइजिङको कूटनीतिमा खासै नयाँ कुरा हुँदैन भन्दा फरक नपर्ला।

चीनलाई नजिकबाट नियाल्नेहरू सरकारी पत्रकार सम्मेलनमा भनिने कुराको अनुमान लगाउन सहज हुन्छ भन्दै ठट्टा गर्ने गर्छन्। त्यहाँ तलका वाक्याङ्शहरू प्रयोग हुने निश्चितप्राय: हुन्छ:

  • "चीनको घरेलु मामिलामा हस्तक्षेप"को कडा विरोध
  • "अकथनीय अपराधिक अभिप्राय"को आलोचना
  • कसैमाथि "१.३ अर्ब चिनियाँ सर्वसाधारणको भावनामा चोट पुर्‍याएको" भन्दै आरोप

तर सन् २०१९ बाट केही नयाँ हुन थाल्यो। चिनियाँ मन्त्रालय र वरिष्ठ कूटनीतिज्ञहरूले ट्विटरमा खाता खोल्न र केही हदसम्म फरक शैलीमा ट्विट गर्न थाले।

बीबीसीले चीनका कूटनीतिक निकायहरूले चलाएका ५५ ट्विटर खाता पहिचान गरेको छ। तीमध्ये ३२ वटा सन् २०१९ मा खोलिएका हुन्।

पछिल्लो वर्ष उनीहरूले बोलीचालीका भाषामा तीखो ट्वीट गरेको देख्न सकिन्छ। कहिलेकाहीँ त्यसमा इमोजी र सामाजिक सञ्जालमा प्रयोग हुने चर्चित शब्दहरू समेत प्रयोग गरिएको हुन्छ। केहीमा तस्बिर र भिडिओ समेत हुन्छ।

चीनको उपस्थिति

सन् २०१४ मा जम्मा एकजना चिनियाँ कूटनीतिज्ञ र एउटा चिनियाँ राजदूतावास ट्विटरमा रहेकामा अहिले १९ जना कूटनीतिज्ञ र १३ कूटनीतिक नियोग त्यहाँ सक्रिय रहेका छन्।

सन् २०१८ सम्म पनि उनीहरूले जम्मा छवटा ट्विटर खाता चलाउँथे।

तस्बिरको क्याप्शन, नेपालका लागि चिनियाँ राजदूतले पनि हालै ट्विटरमा खाता खोलेकी छन्

वरिष्ठ पत्रकार तथा हङ्‍कङ बाप्टीस्ट विश्वविद्यालयमा सञ्चार विषयका सहप्राध्यापक रोज लुवेइ लुक्यूका अनुसार "ट्विप्लोमेसी" ले चीनको कूटनीतिक रणनीति "सक्रिय" हुँदै गएको सङ्केत गर्छ।

एक हिसाबले हेर्दा चीनले सिधै विश्वव्यापी रूपमा सर्वसाधारणहरूसँग सम्पर्कमा रहन चाहेको र आफ्नाबारे धारणामा प्रभाव पार्न खोजेको उनको बुझाइ छ।

चीनमा भने ट्विटर प्रयोगमा रोक लगाइएको छ र अधिकांश मानिससँग ट्विटरको पहुँच छैन।

तर के कुरा प्रस्ट देखिन्छ भने विदेशी दूतहरूलाई ट्विटर प्रयोग गर्न प्रोत्साहन गरिँदै छ।

खुलेर बोल्ने कूटनीतिज्ञ

झाओ लीजियन चीनका आलोचकहरूसँग चर्को बहस गर्नबाट नतर्किने स्वभावका लागि परिचित छन्।

तस्बिर स्रोत, .

पाकिस्तानमा सहायक राजदूतका रूपमा काम गरिसकेका उनी हाल चिनियाँ विदेश मन्त्रालयको सूचना विभागमा उपमहानिर्देशक हुन्।

आफ्नो ट्विटर खातामा उनले लेखेका छन्: "म चीनको कथा भन्न र चीनको आवाज फैलाउन प्रयास गर्छु।"

त्रुटिरहित अङ्ग्रेजीमा ट्वीट गर्दै उनले चीनबारे सकारात्मक सन्देश शेअर गरिरहेका हुन्छन् जसमा तीव्र गतिको रेलमार्गदेखि लिएर ह्वावेईको नयाँ फोनमा रहेको अप्टिकल जुमसम्मले स्थान पाउँछन्।

उनी चीनबारेका "मिथ्या समाचार" र "फोहरी झुट" का पछाडि पनि लाग्छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

ट्विटरमा धेरैले उनले राखेका कुराहरूलाई प्रचारको संज्ञा दिन्छन्। तर केहीले भने "पश्चिमा प्रचारको" पर्दाफास गरेको भन्दै प्रशंसा समेत गर्छन्।

झाओ सन् २०१० देखि ट्विटरमा छन्। सन् २०१९ को जुलाई महिनामा अमेरिकाकी पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राससँग ट्विटरमा विवादमा उत्रिए पछि उनलाई पच्छाउनेको सङ्ख्या बढ्यो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

डिसेम्बरमा बजफीडसँगको अन्तर्वार्ताका क्रममा उनले चीनको "आक्रामकता होइन, आत्मविश्वास" देखाउने बेला आएको बताएका थिए।

मन्त्रालयको सक्रियता

"विशाल पान्डा खुइले चीलभन्दा खतरनाक? कुङ्ग फू पान्डालाई सबैले मन पराउँछन्।"

झट्ट हेर्दा यो जथाभाबी लेखिएजस्तो देखिन्छ तर यो चीनको विदेश मन्त्रालयको ट्वीट हो।

उक्त ट्वीट चीनबारे अन्तर्राष्ट्रिय चिन्तामा देखिएका लेखहरूमा भएका 'पागलपल'का बारेमा थियो।

मन्त्रालयको @MFA_China ट्विटर खाताले यसै वर्षको डिसेम्बर महिनाबाट अङ्ग्रेजीमा ट्वीट गर्न सुरु गरेको हो। र हालसम्म करिब १६,००० ले यसलाई पच्छाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

धेरै प्रयोगकर्ताहरूले उक्त खाताबाट गरिने ट्वीट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्ने ट्वीट जस्तै भन्ने गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

उक्त खाताले चिनियाँ प्रविधिमाथि दमन गरेको र हङ्‍कङ, ताइवान र शिन्जियाङबारे चीनको अडानलाई बदनाम गरेको आरोप लगाउँदै अमेरिकाको आलोचना गर्ने गरेको छ।

विभिन्न मुद्दामा त्यो खाताबाट अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको समेत आलोचना गर्ने गरेको छ।

"मिथ्या समाचार" भन्दै आक्रमण

हङ्‍कङमा सरकारविरोधी प्रदर्शन लगायत विभिन्न अन्य विषयमा चीन अन्तर्राष्ट्रिय दबाबसँग जुझिरहेको बेला ट्विटरको प्रयोग बढेको छ।

वाशिङ्टनस्थित चीनका एकजना कूटनीतिज्ञ सुइ टीयान्काइले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका समाचारको खण्डन गर्दै आएका छन्।

उनले कुनै पनि सञ्चार माध्यमको नाम उल्लेख नगरे पनि शिन्जियाङमा रहेको बन्दीगृहबारे गोप्य सरकारी दस्तावेजमा आधारित समाचार बीबीसीलगायत सञ्चार माध्यमले समाचार बनाए पछि त्यस्तो ट्वीट लेखेका थिए।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

हङ्‍कङकै विषयमा ब्रिटेनका लागि चिनियाँ राजदूतले पनि ट्विटरमा आफ्नो विचार लेख्दै आएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

उनले उस्तै अवस्थामा यूकेको प्रहरीले कस्तो व्यवहार गर्ने थियो भन्दै ब्रिटेनका सञ्चार माध्यमहरूले बनाएका समाचारको खण्डन समेत गरेका छन्।

जवाफी आरोप

ट्विटरमा चिनियाँ अधिकारीहरूले "जवाफी आरोप"को रणनीति रुचाउने गरेका छन्। उनीहरूले अन्य देशमा झन् खराब अवस्था रहेको बताउँदै उनीहरूलाई पाखण्डीको संज्ञा दिने गरेका छन्।

"जवाफी आरोप" शीतयुद्धका बेला सोभियत सङ्घले प्रयोग गर्ने रणनीति हो र यसले सामाजिक सञ्जालको युगमा विश्वव्यापी लोकप्रियता पाइरहेको छ।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

चीनले शिन्जियाङमा आफ्नो नीतिको बचाउ गर्न अफगानिस्तान, इराक र सिरियामा अमेरिकाको सैन्य कारबाहीको विषय पटकपटक अघि सार्ने गर्छ र अमेरिकालाई चिनियाँ क्षेत्रमा "खेलबाड" नगर्न चेतावनी दिँदै आएको छ।

लन्डनको एउटा पुलमा भएको आक्रमण पछि @MFA_China ले घटनाप्रति समवेदना जनायो। तर त्यो मौका उसले त्यस्ता विषयमा चीनमाथि भने "फरक व्यवहार" गरिने भनेर आफ्नो तर्क गर्न समेत प्रयोग गर्‍यो।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

अन्य चिनियाँ कूटनीतिज्ञहरूले पनि त्यस्तै गर्ने गर्छन्।

यसलाई कसरी हेर्ने गरिन्छ?

चिनियाँ राजनीतिमा विशेषज्ञता रहेका युनिभर्सिटी अफ क्यान्टनबरीका प्राध्यापक एनी मारी ब्राडीका अनुसार ट्विटर एउटा महत्त्वपूर्ण युद्ध मैदान हो किनकि "यो विभिन्न समाजमा अभिजात वर्गको राजनीतिक सोचाइ बनाउने सिधा सूत्र हो।"

तर चिनियाँ कूटनीतिज्ञहरूको ट्वीटले मिश्रित प्रतिक्रिया पाएको छ जसमा अधिकांशले गरेको ट्विटमा नकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेका छन्।

ट्विटर प्रयोगकर्ताहरूले आफूहरूले चिनियाँ "झुट" नपत्याउने र कूटनीतिज्ञहरू चीनका कार्यबाट ध्यान मोड्न उद्धत भन्ने गरेका छन्।

कतिपयले भने "सत्य" बोलेको भन्दै ती कूटनीतिज्ञहरूको तारिफ गर्ने गरेका छन्।

दिशा परिवर्तन

आफ्नो राष्ट्रको स्वार्थको प्रवर्धन तथा रक्षा गर्नु कुनै पनि राजदूतको कर्तव्य हो।

तर चिनियाँ कूटनिज्ञहरूको बढ्दो ट्विटर प्रयोगले चिनियाँ विदेश नीतिमा मूलभूत परिवर्तन हुँदै गएको सङ्केत गरेको हुनसक्छ।

एक प्रतिवेदनका अनुसार गत नोभेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले कूटनीतिज्ञहरूलाई "जुझारु भावना" देखाउन निर्देशन दिएका थिए जुन "आवश्यक समय प्राप्त गर्नका लागि शक्ति लुकाउने" भन्ने चीनको पुरानो नीतिभन्दा फरक हो।

सन् १९९० मा चीनका नेता देङ सियाओ पिङ्ले अख्तियार गरेको उक्त नीतिलाई देश शक्तिशाली भइसकेको भन्दै धेरैले पुरानो भइसकेको भन्ने गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

चीनले राज्यनियन्त्रित सञ्चारमाध्यमका ट्वीटहरू पनि पैसा तिरेरै प्रमोट गर्न थालेका छन्।

बीबीसी चिनियाँले प्राप्त गरेको दस्तावेजले उक्त सञ्चार माध्यमले युट्यूब, फेसबुक, लिङ्क्डइन र ट्विटरमा आफ्नो सामग्रीको पहुँच बढाउन लाखौँ युआन खर्च गरेको देखाउँछ।

ट्विटरले हालै संसारभरका राज्यनियन्त्रित सञ्चार माध्यमबाट विज्ञापन लिन बन्द गरेको छ।