बुलबुल समुद्री आँधी: मध्यरातबाट जमिनमा प्रभाव, भारत र बाङ्ग्लादेशमा लाखौँको स्थानान्तरण

भिडिओ क्याप्शन सुरु हुँदैछ, यस आँधीले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ।
पढ्ने समय: २ मिनेट

बुलबुल समुद्री आँधी बङ्गालको खाडीमा आइपुग्दा भारत र बाङ्ग्लादेशका बीस लाखभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ।

उक्त आँधीले शनिवार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बङ्गालको जमिनलाई छोएको थियो।

त्यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आँधीका कारण दुई मानिसहरूको ज्यान गइसकेको छ।

अवरूद्ध सेवा

पश्चिम बङ्गाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ। जसमा व्यस्त कोलकाता विमानस्थल समेत छ।

बुलबुलको मार्गमा पर्ने सुन्दरवन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बेङ्गल टाइगर प्रजातिका बाघको बसोबास छ।

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, AFP

बाङ्ग्लादेशको दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थलमा उडानहरू रद्द गरिएका छन्।

बाङ्ग्लादेशको विपत् व्यवस्थापन निकायका सचिव शाह कमलले समाचार संस्था एएफपीलाई बताए अनुसार ५,५०० मानिसहरूलाई सुरक्षित आश्रयस्थल लगिएको छ।

कति शक्तिशाली?

मौसम पूर्वानुमान अधिकारीहरूले उक्त आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर हुने बताएका छन्।

बाङ्ग्लादेशको मौसम विभागका अनुसार बुलबुल आँधीका बेला वायुको गति करिब १२० किलोमिटर प्रतिघण्टा पुग्नेछ भने समुन्द्रमा उच्च छाल आउनेछ।

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशका दुई ठूला समुद्री बन्दरगाहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थल जाने उडानहरू रद्द गरिएका छन्

हजारौँ स्वयंसेवीहरूले घरघरै पुगेर आँधीबारे नागरिकहरूलाई सतर्क गराइरहेका छन्।

भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीले जमिनमा नहान्दै एउटा ट्विटमार्फत् 'नआत्तिन' आग्रह गरेकी थिइन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

बाङ्ग्लादेशको पूर्वतयारी

बाङ्ग्लादेशमा यसअघि पनि आँधी आउँदा हजारौँ मानिसले ज्यान गुमाएका थिए तर पछिल्ला वर्षहरूमा पूर्वतयारी गर्दा ज्यान गुमाउनेको सङ्ख्या निकै घट्न पुगेको छ।

आँधीको पूर्वसूचना प्रणालीमा सुधार गरिएको छ जसले अधिकारीहरूलाई मानिसहरू प्रभावित हुने ठाउँबाट हटाउन समय मिल्ने गरेको छ।

तस्बिर स्रोत, AFP

आँधीबाट प्रभावित हुनेहरूका लागि शिविरहरू पनि बनाइएको छ।

स्थानीय अधिकारीहरूले शिविर बाहेक विद्यालय भवन र मस्जिदलाई पनि मानिसहरू उद्दार गरेर राख्ने ठाउँका रूपमा प्रयोग गर्न आदेश दिइएको बताएका छन्।