तराई मधेशमा छठ पर्वको रौनक तथा चहलपहल
छठ पर्वको मुख्य दिन शनिवार अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन छ।
तस्बिर स्रोत, RSS
दीपावली सकिएपछि तराईका मानिसहरू छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त हुन्छन्।
लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ।
तराईका बजारमा छठ पूजाका लागि अनिवार्य रूपमा चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्ने ग्राहकहरूको निकै भिडभाड देखियो।
खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन्। यो समय माटो तथा बाँसका सामग्री खरीद गर्नेको पनि भिडभाड हुने गरेको छ।
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थाल्छन्।
तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन्।
स्थानीय एफएम रेडिओले पनि छठका गीत बजाउने गरेका छन्।
जनकपुरको गङ्गासागर, धनुषसागर अनि वीरगन्जको घडीअर्वा पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिएको छ।
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
छठ पूजाको महत्त्व
छठको व्रत बस्दा सफा र चोखो हुनुपर्ने व्रतालुहरू बताउँछन्।
छठ पूजाको विधि केही कठिन भएपनि यसको महत्त्व भने ठूलो हुने भक्तजनहरूको विश्वास छ।
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
सूर्य र जलको शक्ति र महत्त्व झल्काउने यस पर्वमा शुद्ध खानेकुरा खाने गरिन्छ। व्रतालुहरूले षष्ठीको दिन निराहार व्रत बस्ने चलन छ।
तस्बिर स्रोत, RSS
छठ पर्वमा विशेष गरी अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने कुराको विशेष महत्त्व छ।
तस्बिर स्रोत, RSS
सांस्कृतिक एकताको आधार बनेको यस पर्वमा तराईका जिल्लाहरूमा मधेशी समुदायले मात्र नभई अन्य समुदायले पनि आस्था र निष्ठाका साथ छठ पर्व मनाउने चलन बढेको देखिन्छ।
तस्बिर स्रोत, RSS
तस्बिरहरूको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन