संसारभर खिचिएका साताका राम्रा तस्बिरहरू

यो साता संसारभार खिचिएकामध्येका केही राम्रा तस्बिरहरू यस्ता छन्:

तस्बिर स्रोत, Delil Souleiman/AFP

तस्बिरको क्याप्शन, सिरियास्थित कुर्दहरूको शहरमा एक महिला। त्यहाँ टर्कीका युद्धविमानहरूलाई रोक्न बालिएका टायरहरूको धूँवा देखिन्छ।

तस्बिर स्रोत, Christopher Furlong/Getty

तस्बिरको क्याप्शन, ग्रीसको मोरिया शरणार्थी क्याम्पमा बालबालिकाहरू। तीन हजार जनाका लागि बनाइएको क्याम्पमा क्षमताभन्दा बढी शरणार्थीहरू रहेका छन्।

तस्बिर स्रोत, Samir Hussein/Pool/Reuters

तस्बिरको क्याप्शन, ब्रिटिश राजकुमार र राजकुमारीले पाकिस्तान भ्रमणको क्रममा चित्रालका कलश समुदायका मानिसहरूसँग भेट गरेका छन्।

तस्बिर स्रोत, Carlos Jasso/Reuters

तस्बिरको क्याप्शन, नयाँ अन्तरिक्ष पोशाकको प्रदर्शन गर्दै नासाकी इन्जिनियर क्रिस्टिन डाभिस। यो नयााँ पोशाक महिला र पुरुष दुवैका लागि उपयुक्त हुनेगरी पहिलेको भन्दा सजिलो बनाइएको छ।

तस्बिर स्रोत, Nhac Nguyen/AFP

तस्बिरको क्याप्शन, भियतनाममा सङ्कलित फोहरलाई व्यवस्थापन केन्द्रतिर लग्दै एक फोहर सङ्कलक।

तस्बिर स्रोत, Victoria Jones/WPA Pool/Getty

तस्बिरको क्याप्शन, ब्रिटेनका महारानी एलिजावेथ द्वितीय र राजकुमार चार्ल्स संसद्‍ अधिवेशन शुरू हुने दिन संसद् भवनमा उपस्थित थिए।

तस्बिर स्रोत, Oli Scarff/AFP

तस्बिरको क्याप्शन, ब्रिटेनको ब्ल्याक टावरमा प्रदर्शित एक कला।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।