कश्मीर विवाद: धार्मिक प्रार्थनापछिको विरोध प्रदर्शनमा झडप

तस्बिर स्रोत, Abid Bhat

तस्बिरको क्याप्शन, प्रदर्शन शुरूमा शान्तिपूर्ण थियो

भारत-प्रशासित कश्मीरका सुरक्षा निकायहरू श्रीनगर शहरमा प्रदर्शनकारीहरूसँग भिडेका छन्।

सौरा क्षेत्रमा शुक्रवारको धार्मिक प्रार्थनापछि सयौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए।

शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो। कम्तीमा दुईजना घाइते भएका छन्।

तीन साता अगाडि भारत सरकारले जम्मू-कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ।

इन्टरनेट र मोबाइल फोन बन्द गरिएका कारण कश्मीरको बारेमा कमै सूचना बाहिरिएका छन्।

तस्बिर स्रोत, Abid Bhat

तस्बिर स्रोत, Abid Bhat

प्रदर्शनस्थलमा रहेका बीबीसी सम्वाददाता आमिर पिरजादाले एक जनाको आँखाबाट रगत बगेको र अर्को एकजनाको गर्धनमा चोट लागेको देखेका छन्।

प्रदर्शनमा कति घाइते भए भन्ने स्पष्ट छैन। धेरै घाइतेहरू अस्पताल जाँदा गिरफ्तार हुने डरले घरमै उपचार गराउने गर्छन।

प्रदर्शन भएको सौरा क्षेत्र भारत सरकारको निर्णयविरुद्ध प्रदर्शनको केन्द्रविन्दु बन्न थालेको छ।

तस्बिर स्रोत, Abid Bhat

तस्बिर स्रोत, Abid Bhat

कश्मीरमा के भएको हो?

हिमालय क्षेत्रमा रहेको कश्मीरलाई भारत र पाकिस्तान दुवैले पूर्ण रूपमा आफ्नो भएको दाबी गर्छन। दुवै देशले यसका केही भागहरू नियन्त्रण गर्छन्।

भारत-प्रशासित क्षेत्र जम्मू-कश्मीर भारतको एकमात्र मुसलमानबाहुल्य राज्य थियो र त्यहाँ केही अगाडिसम्म भारतको संविधानको धारा ३७० अन्तर्गत आंशिक स्वायत्तता थियो।

अगस्ट ५ मा भारत सरकारले धारा ३७० खारेज गरिदियो। प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टी कश्मीरपनि भारतका अन्य राज्य सरह हुनुपर्ने बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कश्मीर गिरफ्तारी र हिरासतले त्रस्त

सरकारले राज्यलाई केन्द्रप्रशासित दुई साना राज्यमा टुक्र्याउने प्रस्ताव गरेको छ। एउटा राज्यमा मुसलमानबहुल कश्मीर, अर्को हिन्दुबहुल जम्मू हुने र अर्को बौद्धमार्गीबहुल लद्दाख हुने बताएको छ।

त्यसयता कश्मीरमा सयौँ मानिसहरू गिरफ्तार गरिएका तथा मोबाइल र इन्टरनेट बन्द गरिएको विवरणहरू आएका छन्। हालै केही तारमा आधारित टेलिफोनले भने काम गर्न थालेको छ।

कश्मीरका बारेमा हाम्रा थप सामाग्री: