पारस शाह: पूर्वयुवराजले प्रहरीलाई दुर्व्यवहार गरेको आरोप, सामाजिक सञ्जालमा जुहारी

तस्बिर स्रोत, AFP

पढ्ने समय: ३ मिनेट

विभिन्न कारणले पटकपटक चर्चामा आइरहने पूर्वयुवराज पारस शाह फेरि एक पटक विवादमा तानिएका छन्।

आइतवार सामाजिक सञ्जाल र वेबसाइटहरूमा उनीसँग सम्बन्धित एउटा भिडिओ प्रकाशित भएपछि उनी विवादमा परेका हुन्।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडिओमा पूर्वयुवराज पारसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर एक प्रहरीलाई धकेलेको देखाइएको छ।

भाइरल बनेको भिडिओमा पारस आफ्नी आमा पूर्वमहारानी कोमललाई बिदाइ गर्न विमानस्थल गएको उल्लेख गरिएको छ। उनीसँगै उनका छोरा र भान्जा पनि विमानस्थल पुगेका र त्यस क्रममा उनीहरूमाथि प्रहरीले 'दुर्व्यवहार' गरेपछि पारसले प्रहरीलाई धकेलेको भन्ने खालका विवरणसहित समाचार प्रकाशित भएको छ।

उक्त भिडिओमा 'राजतन्त्र जिन्दावाद', 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ' जस्ता नाराहरू पनि लागेको सुन्न सकिन्छ।

बहस

सामाजिक सञ्जालमा उक्त भिडिओ प्रकाशित भए पनि पूर्वयुवराज र प्रहरीको व्यवहारबारे बहस सुरु भयो।

केहीले उनको उक्त कार्यलाई 'उद्दण्ड' भनेका छन् भने केहीले चाहिँ प्रहरीकै दोष देखाएका छन्।

दामोदर गिरीले आइतबार साँझ प्रहरी प्रधान कार्यालयलाई मेन्शन गरी ट्विटरमा उक्त भिडिओ शेअर गर्दै पारस शाहलाई पक्राउ गर्न माग राखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

पत्रकार जयसिंह महराले गणतन्त्रमा कसैलाई पनि काममा खटेका प्रहरीलाई हातपात गर्ने अधिकार नहुने बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

महरालाई प्रत्युत्तर दिँदै रमेश दाहालले चाहिँ आफू पारसको समर्थक नभए पनि "करिमा वेगमहरूलाई मात्र छ गणतन्त्रमा सिडिओ कुट्ने अधिकार!" भन्दै कटाक्ष गरेका छन्।

सन् २००९ को नोभेम्बर महिनामा तत्कालीन कृषि तथा सहकारी सहायकमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गरेकी थिइन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

एल नेम्वाङले पारसले प्रहरीमाथि दुर्व्यवहार गर्दा प्रहरी प्रमुख र गृहमन्त्री किन मौन भनेर प्रश्न गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

उमेश श्रेष्ठले अलि फरक खालको धारणा राखेका छन्।

उनी लेख्छन्, "पारसले सही गरे भनेर ७० प्रतिशतले भनेका छन्। गलत गरे भनेर ३० प्रतिशतले मात्र भनेका छन् किन होला? यस्तो अवस्था किन आयो? प्रहरी प्रशासन गम्भरीर हुन जरुरी छ।"

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

पारसको उक्त कार्यलाई राजसंस्था फर्कियोस् भन्ने चाहना राख्नेहरूले पनि विरोध गरेका छन्।

त्यस्तै मध्येका एकजना भरतकुमार श्रेष्ठले पारसलाई दिएको सुरक्षा व्यवस्था फिर्ता गर्न माग गरेका छन्।

पत्रकार विपेन्द्र कार्कीले प्रहरीले पूर्व राजपरिवारको सम्मान गर्नुपर्ने सम्झाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

कतिपयले पारस पीडित हुन् कि क्या हो? भन्दै व्यङ्ग्य पनि गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

जेसिका भट्टराईले अहिले पनि पूर्वयुवराजले मनलाग्दी गरेको भन्दै असहमति व्यक्त गरेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

कतिपयले चाहिँ आम नागरिकको रूपमा रहेका व्यक्तिलाई कुनै दल निकट प्रहरीले पो दुर्व्यवहार गरेर उक्त घटना भएको हो कि? भन्ने शङ्का व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9