दाता दरबार दरगाह: लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोटन, प्रहरीसहित आठ जनाको मृत्यु

तस्बिर स्रोत, Reuters

पढ्ने समय: २ मिनेट

पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

मृत्यु हुनेमा पाँच जना प्रहरी रहेको बताइएको छ। अधिकारीहरूका अनुसार प्रहरी चढेको एउटा गाडीलाई लक्ष्य गरेर विस्फोटन गराइएको थियो।

प्रहरीले यो आत्मघाती आक्रमण भएको बताएको पाकिस्तानको समाचार संस्था एपीपीले जनाएको छ।

सो विस्फोटन प्रसिद्ध दाता दरबार सुफी दरगाहनजिकै भएको थियो।

अहिलेसम्म कुनै पनि समूहले सो घटनाको जिम्मेदारी लिएको छैन।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, AFP

शिया र सुन्नी दुवै सम्प्रदायका मुसलमानहरू दाता दरबार दरगाहमा जाने गर्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।

सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो।

लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो।

इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।

यो पनि पढ्नुहोस्

सन् २०१४ मा तालिबानले पेशावरस्थित विद्यालयमा आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो।

त्यसपछि पाकिस्तानले अतिवादी लडाकु समूहविरुद्ध कारबाही सुरु गर्‍यो।

अहिले सुरक्षास्थितिमा सुधार आए पनि देशमा लडाकु समूहरहरू सक्रिय छन्।

सन् २०१६ मा लाहोरमा इस्टर पर्व मनाउन भेला भएका इसाईहरूलाई लक्षित एउटा विस्फोटनमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो।