एसईई: सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर पनि परीक्षा दिँदै

तस्बिर स्रोत, RSS

पढ्ने समय: २ मिनेट

इच्छा भए उमेरले शिक्षाको भोकलाई रोक्दैन भन्ने अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले प्रमाणित गरेका छन्।

उनीहरूजस्तै अरू व्यक्ति पनि देशका विभिन्न स्थानमा आइतवारबाट सुरु भएको एसईई परीक्षामा सहभागी भएका छन्। तर अधिकांश परीक्षार्थीहरू भने किशोरावस्थाका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७५ सालको एसईई परीक्षामा नेपालभरि कुल चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागी छन्। त्यसमध्ये छात्राको सङ्ख्या केही बढी छ।

सङ्घीय संरचनाअन्तर्गत पहिलो पटक यो परीक्षा हुँदैछ। देशभरि १९ सय ६९ वटा परीक्षाकेन्द्र तोकिएको छ।

परीक्षाका लागि विशेष सुरक्षाको व्यवस्था मिलाइएको छ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सकिएको छ।

सङ्घर्षको कथा

करिश्मा मानन्धरले सानै उमेरदेखि नेपाली चलचित्रमा अभिनय गर्न थालिन्। शान्ता चौधरी पहिला कमलरी थिइन् र १८ वर्ष अर्काको घरमा काम गरेर बस्न बाध्य भइनन्।

उनीहरूको सङ्घर्षको कथामा एउटा समानता छ - विभिन्न कारणले उमेर हुँदा उनीहरूले पढ्न पाएनन्।

तस्बिर स्रोत, RSS

अहिले उनीहरू दुवै राजनीतिमा सक्रिय छन्। राजनीतिबाट समाज फेर्न सकिन्छ भन्ने उनीहरूको मान्यता छ।

चौधरी प्रतिनिधिसभाकी सांसद हुन् भने मानन्धर नयाँ शक्ति पार्टीकी केन्द्रीय नेत्री।

तर औपचारिक शिक्षाको भोकले उनीहरूलाई विद्यालयतिर डोर्‍यायो।

आइतवारदेखि सुरु भएको माध्यमिक शिक्षाको अन्तिम परीक्षा एसईईमा उनीहरू अरू विद्यार्थीसरह नै सहभागी भएका छन्।

आफू पढ्ने विद्यालयको पोसाक लगाएरै मानन्धर काठमाण्डू डिल्लीबजारस्थित विजयस्मारक विद्यालयमा अङ्ग्रेजी विषयको परीक्षा दिन पुगिन्।

गोदावरीस्थित आफ्नो घरबाट आफैँ गाडी हाँकेर उनी परीक्षा दिन पुगेको बताइएको छ।

'महत्त्वपूर्ण दिन'

चौधरी भने दाङको तुलसीपुरस्थित एउटा विद्यालयको केन्द्रबाट परीक्षा दिँदैछिन्।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भक्तपुरको गट्ठाघरमा परीक्षा दिँदै एक महिला

परीक्षा आरम्भ हुनुभन्दा अगाडि चौधरीले भनिन्, "बाल्यकालदेखिको जुन रहर थियो त्यो पूरा गर्दैछु। ...पढाइको महत्त्व मेरा लागि खट्किन्थ्यो।"

"अहिले आएर यो उमेरमा पढ्दैछु र आज एसईई परीक्षा पनि दिँदैछु। आजको दिन मेरा लागि निकै महत्त्वपूर्ण दिन हो भन्ने मैले महसुस गरेकी छु।"

मानन्धर र चौधरी एसईईमा सहभागी भएको विषयले सामाजिक सञ्जालमा पनि चर्चा पायो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

उनीहरूले पाएको चर्चाप्रति केहीले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

सात प्रदेशमध्ये सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं. ३ मा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

कुन प्रदेशमा कति परीक्षार्थी

गत साता हामीले मानन्धरसँग भेटेर एसईईको तयारीबारे कुरा गरेका थियौँ। कसरी तयारी गरेकी छन् त उनले परीक्षाको तयारी?

हेर्नुहोस् यो भिडिओ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, करिश्मा मानन्धरको एसईई तपस्या