केपी शर्मा ओली भन्छन्, 'नेपाल पूरै भूपरिवेष्ठित हैन, रेलभन्दा अगाडि नै पानीजहाज सञ्चालन'

तस्बिर स्रोत, RSS

पढ्ने समय: ३ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेलभन्दा अगाडि नै पानीजहाज सञ्चालन हुने बताएका छन्।

पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै ओलीले नेपालमा पानीजहाज र रेल चलाउने विषयलाई प्राथमिकता दिँदै आएका छन्।

पानीजहाजको विषयमा सामाजिक सञ्जालमा खिल्ली उडाइने गरेका ओलीले यसअघि एउटा सार्वजनिक कार्यक्रममै नेपाली पानीजहाज चढ्न २०१९ जनवरीको १ तारिख कोलकाता आउन निम्तो दिएका थिए।

उनले तोकेको मितिमा नेपाली पानीजहाज चल्न नसकेपनि त्यसको झन्डै डेढ महिनापछि ओलीले भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत रहनेगरी स्थापना गरिएको 'नेपाल पानीजहाज कार्यालय'को बिहीवार विधिवत् उद्घाटन गरेका छन्।

सो कार्यालयको स्थापनाले नेपालमा पानीजहाजको विकासको ढोका खुलेको उनले बताए।

नेपालमा जलयातायातको सम्भावना रहेकाले देश पूरै भूपरिवेष्ठित नभएको तर्क गर्दै उनले भने, "भारतका ठूला नदी र समुद्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन।"

ओलीले नेपालका खोलाका चौडाइ र गहिराइ एवम् भूबनोट विचार गरेर जहाज निर्माण गर्नुपर्ने बताए।

मन्त्रिपरिषद्ले गत पुस महिनामा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

अहिलेसम्म के भएको छ?

नेपालमा पानीजहाजसम्बन्धी कानुन २०२७ सालमै तयार भएको थियो।

तस्बिर स्रोत, MOFA

ओली सरकारमा आएपछि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमतिअनुरूप नेपालले जलमार्गका बारेमा भारतीय पक्षसँग कुराकानी गर्न एउटा संयन्त्र बनाएको थियो।

ओलीको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच सामान ओसारपोसारका लागि जलमार्गको विकास गर्ने सहमति गरेको बेला तीन नदीहरू हुँदै भारतलाई जलमार्गले जोड्न सम्भावना रहेको औँल्याइएको थियो।

गत वर्ष एप्रिलमा दुई प्रधानमन्त्रीहरूबीच भएको औपचारिक भेटवार्तापछि जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा नेपाल-भारतबीच जलमार्गको विकास गर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको थियो।

सन् २०११/१२ मा तीन नदीमध्ये कोशी ब्यारेजदेखि सुनकोशीको घुर्मीसम्म १७३ किलोमिटर, गण्डकीको देवघाटबाट फिस्लि‍ङसम्म १८५ किलोमिटर र कर्णालीको भेरी बेसिनमा १२३ किलोमिटर अध्ययन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

भारतले आफ्नो मुख्य जलमार्गमा धेरै काम गरिसकेको बताइएको छ।

तस्बिर स्रोत, RSS

नेपाल सरकारले बनाएको संयन्त्रले भारतीय जलमार्ग प्राधिकरणको टोलीसँग एउटा बैठक गरिसकेको छ। अर्को बैठक मार्च महिनामा हुनेछ।

सरकारी कार्यदलले जलमार्गबारे गर्नुपर्ने कामको खाका तयार पारिसकेको बताइएको छ।

गत महिना सङ्घीय संसद्‌मा बोल्दै ओलीले नेपालमा रेल पनि आउने, पानीजहाज पनि आउने बताएका थिए।

उनले भनेका थिए, "मैले स्मरण गरिरहेको छु कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकियो। रेलको चर्चा गर्दा रित्ता बाल्टिन लाइनमा राखी कुरा काटियो।"

"धैर्य गरौँ - रेल पनि आउँछ, जहाज पनि चल्छ। स्टेशन, टिकट काउन्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ।"

अब केही मान्छेलाई केही समयका लागि आफूलाई जिस्क्याउने बाटो भएको भन्दै उनले दोहोर्‍याए, "तर केही महिना पर्खनूस्, टिकट काट्न पाइन्छ।"

यो कुरा "साथीभाइलाई पनि ढुक्कसँग" भनिदिए हुने भन्दै छिट्टै पानीजहाज सञ्चालनमा आउने कुरामा आफू विश्वस्त भएको उनल देखाउने खोजे।

सामाजिक सञ्जालमा कस्तो छ प्रतिक्रिया?

प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्‍घाटन गरेपनि सामाजिक सञ्जालमा भने पानीजहाज चल्ने कुरामा धेरैले अविश्वास व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

पानीजहाज कार्यालयको उद्घाटन "सस्तो लोकप्रियता"का लागि गरिएको काम हो कि भनेर आशङ्का पनि व्यक्त गरिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै जलसेना र वायुसेना स्थापना गर्ने सुझाव पनि दिइएको छ।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

कार्यालय उद्घाटन गर्नुअघि छापिएको विज्ञापन र उद्घाटन गर्दा प्रधानमन्त्रीले बोलेका कुरा उद्धृत गरेर धेरैले खिसी उडाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

एक पूर्वप्रशासकले भने पानीजहाज चलाउने नेपालको पुरानो प्रयास भएको उल्लेख गर्दै भारतका कारण पहिला सम्भव नभएको लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8