अमेरिका: पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स आँधीको प्रहार
फ्लोरेन्स नाम गरेको ठूलो समुद्री आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सक्रिय भएपछि हावाहुरी तीव्र भएका विवरण प्राप्त भएका छन्।
त्यो आँधीले नर्थ क्यारोलाइना र साउथ क्यारोलाइना क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने भविष्यवाणी गरिएको छ।
आँधी सुरु भएपछि नर्थ क्यारोलाइना राज्यका एक हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ। आँधीको मुख जमिनतिर नजिकिँदै गर्दा त्यो केही कमजोर हुन थालेको बताइएको छ।
अहिले आँधी १५० किलोमिटर प्रति घन्टाको गतिमा अघि बढिरहेको छ।
तस्बिर स्रोत, Reuters
तस्बिर स्रोत, Reuters
भय
अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार आँधीका कारण हावाहुरी चल्ने र ठूलो वर्षा हुने क्रम छिट्टै अझै तीव्र हुन सक्छ।
त्यसले त्यस क्षेत्रमा धनजनको क्षति हुन सक्ने चिन्ता बढेको छ।
आँधीको प्रभाव समुद्र तटीय क्षेत्रबाट क्रमश: भित्री भूभागमा पर्न सक्ने भविष्यवाणी गरिएको छ।
सरकारी निर्देशनको पालना गर्दै त्यस क्षेत्रका लाखौँ मानिसहरू सुरक्षित स्थानमा सरेका छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन