सुनिल क्षेत्रीले गरे लियोनेल मेसीसँग बराबरी
तस्बिर स्रोत, FACEBOOK/SUNIL CHHETRI-BBC
भारतीय फुटबल टोलीका कप्तान एवं कुशल खेलाडी सुनिल क्षेत्रीले 'इन्टर्कन्टिनेन्टल कप' को फाइनल खेलमा केन्याविरुद्ध दुई गोल गरेर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लियोनेल मेसीसँगको कीर्तिमान बराबर गरेका छन्।
अन्तर-महादेशीय खेल 'इन्टर्कन्टिनेन्टल कप'को फाइनल खेलमा केन्याविरुद्ध दुई गोल गरेसँगै अन्तर्राष्ट्रिय फुटबलमा सुनिल क्षेत्रीले गरेको कुल गोलको संख्या अर्जेन्टिनाका प्रसिद्ध खेलाडी लियोनेल मेसीको ६४ गोलसँग बराबर हुन पुगेको छ।
भारत र केन्याबीच आइतवार भएको खेलमा क्षेत्रीले दुवै गोल मध्यान्तर अघि गरेका थिए।
त्यो खेलमा भारत केन्यालाई २-० ले पाराजित गर्दै इन्टर्कन्टिनेन्टल फुटबल कप जित्न सफल भयो।
सक्रिय
पछिल्लो दुई गोलपछि अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीहरूमाझ धेरै गोल गर्ने खेलाडीहरूमध्ये अब मेसीसँगै क्षेत्री पनि दोस्रो स्थानमा पुगेका छन्।
सक्रिय खेलाडीहरूमध्ये सबैभन्दा धेरै गोलको कीर्तिमान चाहिँ पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा छ।
उनले १५० अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा कुल ८१ गोल गरिसकेका छन्।
हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा क्षेत्री र मेसी अहिले २१ औँ स्थानमा छन्।
यसअघि आइवरी कोस्टका डिडीएर ड्रोग्बाले १०४ खेलमा ६५ गोल गरेका थिए।
तस्बिर स्रोत, FACEBOOK/SUNIL CHHETRI
३३ वर्षिय क्षेत्रीको यो १०२औँ खेल थियो र यो अन्तर्राष्ट्रिय प्रतियोगिताअघि उनले ६२ अन्तर्राष्ट्रिय गोल गरिसकेका थिए।
उनले आइतवार केन्याविरुद्धको खेलमा आठौँ र २९ औँ मिनेटमा गोल गरेका थिए।
उनले सन् २००२ बाट फुटबलको करिअर शुरू गरेका थिए।
१७ वर्षको उमेरमा उनी मोहन बगान क्लबका लागि अनुबन्धित भएका थिए।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन