के तपाईँलाई आफ्नो आयु कति हो जान्न मन छ?

जन्मको बेला विश्वभरि मानिसको औसत आयु 72 वर्ष रहेको छ। त्यसमा पुरुषको 70 र महिलाको 75 वर्ष। तर यो उमेरअनुसार फरक पर्छ। उदाहरणका लागि 69 वर्षे व्यक्ति औसतमा थप 17 वर्ष बाँच्न सक्छ।

स्रोत: ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६, इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशन

यो क्याल्कुलेटरले कसरी काम गर्छ?

यो क्याल्कुलेटरमा औसत आयु गणनाका लागि 'ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६' मा प्रकाशित तथ्याङ्क प्रयोग गरिएको छ।

आफ्नो उमेर, लिङ्ग र देशका आधारमा व्यक्ति औसतमा जति बाँच्न सक्छ त्यो उसको आयु हो।

उपरोक्त अध्ययनमा भिन्न उमेर समूहहरूमा रहेको मृत्युदरलाई आधार मानेर प्रत्येक देशको औसत आयु गणना गरिएको छ।

फरक उमेरका व्यक्तिका लागि औसत आयु फरक हुनसक्छ किनभने आयु गणना गर्दा निश्चित उमेर पुगेपछि त्यो व्यक्ति कति बाँच्न सक्छ भनेर हेरिन्छ।

आयु

उदाहरणका लागि सन् २०१६ मा मेक्सिकोमा जन्मिएकी बालिका ७९ वर्षसम्म बाँच्ने अपेक्षा गरिन्छ भने ६५ वर्षे महिलाका लागि औसत आयु ८४ वर्ष हो।

'बाँकी जीवनको कति वर्ष तपाईँ स्वस्थ रहनुहुन्छ' गणना गर्न व्यक्ति राम्रो स्वास्थ्यसहित कति वर्ष बाँच्ने सम्भावना रहन्छ त्यो हेरिन्छ। यसल बाँकी आयुको प्रतिशतका रूपमा देखाइन्छ।

व्यक्तिको बाँकी जीवनमा मृत्यु र अपाङ्गताको दर स्थिर रहेको मानेर परिणाम देखाइन्छ।

रोचक भिडिओ

  • एमालेको प्रदर्शन।
  • पूर्वगृहमन्त्री रमेश लेखक।
  • किम जङ अनले पाए बेलरुसका राष्ट्रपतिबाट अटोमेटिक राइफल उपहार
  • बबरमहल क्षेत्र तनावग्रस्त
  • त्रिवि शिक्षण अस्पतालमा केपी ओली
  • एमालेको प्रदर्शन
  • एमाले नेता क्षितिज थेबे
  • केपी ओली पक्राउ
  • तटमा आएर 'अड्किएको' ह्वेल अन्ततः 'मुक्त'
  • अर्थ आवर २०२६
  • शपथग्रहण
  • प्रधानमन्त्री बालेन्द्र शाह
  • क्षेप्यास्त्र बज्रिएपछि यसरी उछिट्टियो कार
  • ज्वालामुखी विस्फोटनपछि हिन्द महासागरमा पुग्यो लाभा
  • इरानले अमेरिकालाई 'उपहार दिएको' तर त्यो के हो भन्‍ने नबताउने ट्रम्पको भनाइ
  • सानो कदका डाक्टर गणेश बारिया।
  • लेबननमा आक्रमण
  • किम जङ अनकी किशोरी छोरी लडाकु ट्याङ्क चलाउँदै
  • काकाकुल चरा।

धेरै रुचाइएको