भरतपुरमा पुन: मतदान सम्पन्न
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय चुनाव अन्तर्गत पुन:मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अधिकारीहरुले बताएका छन्।
यसअघिको निर्वाचनपछि मतगणनाको क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतले उक्त वडामा पुन: मतदान गर्न आदेश दिएको थियो।
उक्त वडामा करिब ३ हजार ८ सय मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उत्साह
बिहानैदेखि पानी परे पनि मतदाताहरु छाता ओढेर र वर्षादी लगाएर मतदान गर्न पुगेका थिए।
पुन: मतदान गर्न पाएकोमा केही मतदाता खुशी देखिए भने केही दु:खी।
बीबीसीका नारायणगढ संवाददाता ईश्वर जोशीसँग कुरा गर्दै केही मतदाताले यसपटक कडा सुरक्षा प्रबन्ध मिलाएर मतगणना गरिनुपर्ने धारणा राखे।
उक्त वडाको तीन मतदानस्थलमा ६ मतदान केन्द्र छन्।
मतगणना
भरतपुर महानगरपालिकामा मेयर पदको लागि नेकपा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट पूर्व प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल चुनावी मैदानमा छन्।
भरतपुर महानगरपालिकाको १९ नम्वर वडाको मत पत्र च्यातिए पछि २० नम्बर वडाको मतगणना हुन सकेको थिएन।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन