अन्तरिक्षयात्रीहरू कसरी शौचालय जान्छन्
नासाले चन्द्रमाको परिक्रमा गर्ने १०-दिने अभियानका लागि 'आर्टिमिस २' प्रक्षेपण गरिसकेको छ।
सो अभियानका लागि नासाका वैज्ञानिकहरूले अन्तरिक्षयानमा यात्रीहरूलाई शौच गर्न सजिलो बनाउन 'यूनिभर्सल वेस्ट म्यानेज्मन्ट सिस्टम' प्रयोग गरेका छन्।
उक्त विशेष शौचप्रणालीमा महिला र पुरुष दुवै अन्तरिक्षयात्रीले मल र मूत्र विसर्जन गर्न सक्छन्।
तर अन्तरिक्षयान प्रक्षेपण गर्दा उक्त प्रणालीमा केही अनपेक्षित समस्या देखिएको नासाका फ्लाइट कन्ट्रोलरहरूले जनाएका थिए। उनीहरूले पछि उक्त समस्या समाधान गरिएको र शौचप्रणालीले काम गर्न थालेको पुष्टि गरे।
उक्त प्रणालीबाहेक अन्तरिक्षयानमा शौच गर्नका लागि अन्य विकल्पहरू पनि भएको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।