नेपाल निर्वाचन: चुनाव जितेमा गर्ने भनेर दलहरूले घोषणापत्रमा के के वाचा गरेका छन्?

तस्बिर स्रोत, RSS
आगामी साता हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट मागिरहेका राजनीतिक दलहरूले चुनावपछि के गर्ने र के नगर्ने वाचा गरेका छन्। तपाईँलाई तीबारे थाहा छ?
राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो दल सरकारमा पुगेको अवस्थामा गर्ने कामहरूको प्रतिबद्धता घोषणापत्रको रूपमा चुनाव अघि सार्वजनिक गर्ने प्रचलन छ।
दल र उम्मेदवारहरू आफूले गर्ने कामको वाचा हेरेर मतदाताले आफ्नो भोटबारे निर्णय लिने विश्वास गर्छन्।
तर नेपालको सन्दर्भमा चुनावी प्रतिबद्धता हेरेर मत दिने प्रचलन कम रहेको विश्लेषकहरू बताउँछन्।
त्यसो त दलहरूमाथि पनि निर्वाचन अघि गरेका वाचा सरकारमा पुगेपछि बिर्सने गरेको आरोप छ।
हामीले नेपालका प्रमुख राजनीतिक दलहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, अर्थतन्त्र, महिला र युवा तथा रोजगारी लगायतका विषयमा जनाएका प्रतिबद्धतालाई यहाँ तुलनात्मक रूपमा प्रस्तुत गरेका छौँ।
महिलाहरू
नेकपा एमाले
नेकपा एमाले
- स्यानिटरी प्याड खरिदका लागि महिलालाई वार्षिक रु १,५००
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- रु ५,००० सुत्केरी भत्ता र पोषण कुपन
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- राज्यका हरेक निकायमा ३५% महिला सहभागिता,नि:शुल्क स्यानिटरी प्याड
राप्रपा
राप्रपा
- सुत्केरीलाई तीन महिनासम्म मासिक रु ३,००० भत्ता
अर्थतन्त्र
नेकपा एमाले
नेकपा एमाले
- रु १०० खर्बको कुल गार्हस्थ उत्पादन
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- ७ प्रतिशतको आर्थिक वृद्धि
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- दोहोरो अङ्कको आर्थिक वृद्धिदर, समाजवाद उन्मुख अर्थनीति
राप्रपा
राप्रपा
- ८ प्रतिशत बढीको आर्थिक वृद्धि
स्वास्थ्य
नेकपा एमाले
नेकपा एमाले
- उच्च रक्तचाप र मधुमेहको नि:शुल्क उपचार, सबै पालिकामा अस्पताल
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- ३ वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई नि:शुल्क उपचार
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- उपचारका लागि विदेश जानुपर्ने अवस्था अन्त्य
राप्रपा
राप्रपा
- नि:शुल्क आधारभूत स्वास्थ्य र ज्येष्ठ तथा अशक्तलाई घरदैलो स्वास्थ्य सेवा
शिक्षा
नेकपा एमाले
नेकपा एमाले
- दुई वर्षमा शत प्रतिशत विद्यार्थी भर्नादर
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- ४० प्रतिशत प्राविधिक र व्यावसायिक शिक्षा
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- १२ कक्षासम्मको शिक्षा नि:शुल्क र अनिवार्य
राप्रपा
राप्रपा
- १२ कक्षासम्मको शिक्षा नि:शुल्क र उच्च शिक्षा पनि नि:शुल्क गर्दै लैजाने
युवा तथा रोजगारी
नेकपा एमाले
नेकपा एमाले
- ५ लाख नयाँ रोजगारी र न्यूनतम ज्याला रु २५,०००
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- १२ लाख ५० हजार नयाँ रोजगारी
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- २० लाखलाई रोजगारी वा स्वरोजगार
राप्रपा
राप्रपा
- एक घर एक रोजगारी कार्यान्वयन गर्ने
कृषि
नेकपा एमाले
नेकपा एमाले
- भूमि ब्याङ्क, कृषिको आधुनिकीकरण र व्यावसायीकरण, सबै कृषियोग्य भूमिमा सिँचाइ,
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- ५ वर्षमा आयात प्रतिस्थापित गर्ने कृषि प्रणाली, भूमि ब्याङ्क, व्यावसायिक तथा उत्पादनमूलक कृषि,
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- ५ वर्षमा कृषिमा आत्मनिर्भर,सामूहिक खेती, खेतीमा आधारित उद्योग, जमिन जोत्ने मानिसलाई भूमिको स्वामित्व
राप्रपा
राप्रपा
- निर्यातमूलक कृषि उत्पादन, किसानलाई कर्जा, कृषि तथा बाली बिमा
पूर्वाधार र विकास
नेकपा एमाले
नेकपा एमाले
- प्रमुख राजमार्ग र रणनीतिक सडकहरू बनाइसक्ने, सुलभ सार्वजनिक यातायात
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- मुख्य राजमार्गहरूको विस्तार र उत्तर-दक्षिण करिडोर
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- पूर्व-पश्चिम रेल र उपत्यकाका नदी करिडोरमा मोनोरेल
राप्रपा
राप्रपा
- महेन्द्र राजमार्गलाई अन्तराष्ट्रिय मापदण्डको बनाउने र थप ३,५०० किमी ४ लेनको सडक
अरू
नेकपा एमाले
नेकपा एमाले
- राष्ट्रिय परिचयपत्र वितरण,पूर्ण साक्षर देश, सबै परिवारमा पिउने पानी, सबै जनसङ्ख्यामा विद्युत्को पहुँच, सबैको ब्याङ्क खाता
- ६० लाखलाई सामाजिक सुरक्षा भत्ता, भोकमरी मुक्त देश, आफ्नै रासायनिक मल कारखाना
- वार्षिक २५ लाख पर्यटक
- ५० युनिटसम्म बिजुली र १०,००० लिटरसम्म पानी निशुल्क
नेपाली कांग्रेस
नेपाली कांग्रेस
- सङ्घ र प्रदेशले बनाउन बाँकी कानुन बनाउने
- १०,००० मेगावाट बिजुली उत्पादन, २,६०० वडामा स्वास्थ्य केन्द्र, ८० प्रतिशत विद्यालयमा इन्टरनेट, हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र विशिष्टीकृत अस्पताल
- २० लाख वार्षिक पर्यटक र प्रतिदिन खर्च १०० डलर
- विदेशमा रहेका नेपालीलाई मताधिकार र ६५ वर्षमा वृद्धभत्ता
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र
- गरिबीको रेखामुनि रहेका सबैलाई परिचयपत्र, सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान केन्द्र, मुक्त कमैया पुनर्स्थापना सक्ने र सङ्घीयता कार्यान्वयन कानुन बनाइसक्ने
- आधा गरिबी हटाउने, देशैभरि गुणस्तरीय बिजुली,थप ५ हजार मेगावाट विद्युत्,हाइड्रोजन प्लान्ट,छुवाछूत मुक्त नेपाल कार्यान्वयन, प्रमुख खाद्यान्नमा आत्मनिर्भर
- हिन्दू र बौद्ध धर्मावलम्बीको पर्यटन गन्तव्यको रूपमा विकास गरिने
- प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली
राप्रपा
राप्रपा
- ८ प्रतिशत बढी आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने
- वार्षिक २५ लाख पर्यटक
- सङ्घीयता खारेजी र राजतन्त्र, विसं २०४६ पछिका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन
क्रेडिट:
डिजाइनः लोकेश शर्मा
रिपोर्टिङ: अशोक दाहाल, रमा पराजुली
डेभलपमेन्ट: कावेरी बिस्वास, आयु विद्यानिंगसिह इज्जाज और एडम एलन
प्रोजेक्ट म्यानेजमेन्ट: स्टेफनी फोस्टर
अघिल्लो संसद्का तीन प्रमुख राजनीतिक दल र राप्रपाको चुनावी घोषणापत्रलाई यसमा समेटिएको छ। यी दलहरू मुख्यत: दुईवटा स्पष्ट भिन्न गठबन्धमा बाँडिएर चुनाव लड्दैछन्।
ढिलो गरी सार्वजनिक भएका पार्टीहरूको घोषणापत्र यसमा समेट्न असमर्थ भएका छौँ।




























