महारानी एलिजाबेथ द्वितीया: तस्बिरमा ब्रिटिश महारानीका खेलकुद सम्झना

बीबीसी स्पोर्टस्‌ले खेलकुदमा महारानीको जीवनबारे तस्बिरहरू प्रस्तुत गरेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महारानीलाई उनको पहिलो घोडाका रूपमा शेटल्यान्ड पोनी प्रजातिको घोडा दिइएको थियो। त्यसको नाम पेगी थियो। त्यो घोडा चार वर्षको थियो र ऊ ६ वर्षको भएपछिदेखि उनी त्यसमा सवार हुन थालिन्। किशोरावस्थामा महारानी कुशल घोडसवार बनिसकेकी थिइन् र उनी घोडसवार भएको पहिलो तस्बिर सन् १९५२ को "ट्रुपिङ द कलर" परेडका बेला लिइएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महारानीको घोडाप्रतिको प्रेम उनको जीवनभरि फैलियो र उनले नियमित रूपमा घोडादौडमा भाग लिइन्। यहाँ उनी कान्छी बहिनी राजकुमारी मार्गरेटसँग एप्समको डर्बीमा भाग लिइरहेकी छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९५७ मा महारानीले विम्बल्डन एकल टेनिस प्रतियोगिता विजेता पहिलो अफ्रिकन-अमेरिकन आल्थिआ गिब्सनलाई एसडब्लू-१९ उपाधि प्रदान गरिन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दुई वर्षपछि महारानी एफए कप फाइनलका लागि वेम्ब्लीमा उपस्थित भएकी थिइन्। उक्त खेलमा नटिङ्गम फरेस्टले लुटनलाई २-१ ले हराएरको थियो र महारानीले विजयी कप्तान ज्याक बर्किटलाई ट्रफी प्रदान गरेकी थिइन्
तस्बिरको क्याप्शन, वेम्ब्लीमा महारानीको उत्कृष्ट पल सन् १९६६ मा आयो। त्यसबेला उनले इङ्ल्यान्डले पश्चिम जर्मनीलाई ४-२ को अन्तरले विश्वकप फाइनलमा पराजित गरेपछि बबी मूरलाई जुल्स रिमे ट्रफी प्रदान गरिन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९७७ महारानीका लागि विषेश वर्ष थियो। उनले आफ्नो रजत महोत्सव मनाएकी थिइन् र महिला एकल विम्बल्डनको अन्तिम दिन भर्जिनिया वेडले उपाधि जित्दा उनी उपस्थित थिइन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वेम्ब्लीमा जर्मनी र चेक गणतन्त्रबीच भएको युरो ९६ फाइनलमा महारानी सहभागी भएकी थिइन्। योर्गेन क्लिन्समेनको कप्तानीमा जर्मनी च्याम्पियन बनेको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म्यानचेस्टरमा २००२ मा राष्ट्रमण्डल खेलको उद्घाटन समारोहमा डेभिड बेकम र चन्दा सङ्कलक (फन्डरेजर) कर्स्टी हावर्डद्वारा महारानीलाई जुबली ब्याटन प्रदान गरियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००८ मा स्लोभिनिया भ्रमणमा महारानीलाई गिल्डफर्ड फ्लेम्स र एक्वासिटी पोप्राड बीचको आइस हक्की खेलमा औपचारिक पक ड्रप गर्न आमन्त्रित गरिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१२ को ओलिम्पिक उद्घाटन समारोहमा महारानीले मुख्य भूमिका खेलेकी थिइन्। रङ्गशालामा स्काईडाइभ गर्नुअघि जेम्स बन्ड (ड्यानिअल क्रेग) सँग सर्ट फिल्ममा अभिनय गरिन्। त्यसपछि उनले खेलको औपचारिक उद्घाटन गरिन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महारानीले सन् २०१२ मा प्यारालिम्पिकको औपचारिक उद्घाटन गरिन् र ११ पटकका प्यारालिम्पिक च्याम्पिअन ब्यारोनिज ट्यानी ग्रे-थम्सनलाई भेटिन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१३ को रोयल एस्कोटमा महारानीको घोडा एस्टिमेटले जक्की रायन मूरको साथमा स्वर्णपदक जितेपछि त्यो २०७ वर्षमा पहिलो पटक गद्दीनसीन महारानीले विजेताको स्वामित्व पाएको पहिलो पटक थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एस्टिमेट महारानीका अन्तिम वर्षहरूमा सबैभन्दा सफल घोडामध्ये एक थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१५ को रग्बी वल्ड कप अघिको समारोहमा दक्षिण अफ्रिकाका ब्रायन हावाना र अस्ट्रेलियाका हेनरी स्पिटलाई भेट्दै महारानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१६ मा एकजना प्रमुख जक्की (घोडचढीका खेलाडी) रायन मूरले आफ्नो घोडा ट्वाइलाइट सनले रोयल एस्कटमा डाइमन्ड जुबिली स्टेक्स जितेपछि महारानीसँग कुराकानीको आनन्द उठाए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बकिङ्गम प्यालेसमा २०१६ मा रियो ओलिम्पिक र पाराओलिम्पिकमा पदक विजेता बक्सिङ च्याम्पियन निकोला एडम्स् लगायतका लागि महारानीले आयोजना गरेको सम्मानको समारोहस्थल बनेको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१७ मा महारानी पुन: एकपटक बर्कशरमा भएको रोयल एस्कटमा सहभागी भइन् र परम्परागत दैनिक क्यारेज परेडको हिस्सा बनिन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महारानीले रोयल एस्कटमा भाग लिन जारी राखिन् र जून २०२१ मा बर्कशर कोर्समा आनन्द लिन फर्किइन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२१ अक्टोबरमा महारानीले गत गृष्मकालमा बर्मिङ्घममा भएको कार्यक्रमअघि राष्ट्रमण्डल खेल ब्याटनको विश्वव्यापी रिले सुरु गरिन्। उनले त्यसलाई पारालिम्पिक स्वर्ण पदक विजेता कडीना कक्सलाई प्रदान गरिन् जसले उक्त यात्राको पहिलो चरणमा त्यसलाई बोकेकी थिइन्