महारानी एलिजाबेथ द्वितीयाः तस्बिरमा महारानीले नियुक्त गरेका १५ प्रधानमन्त्री

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, सन् १९५५ देखि महारानीले अहिलेसम्म १५ प्रधानमन्त्री नियुक्त गरेकी छन्

सन् १९५५ मा एन्थनी इडनदेखि अहिले लिज ट्रससम्म सबै १५ प्रधानमन्त्रीलाई महारानी एलिजाबेथ द्वितीयाले नियुक्त गरेकी हुन्।

तर यसपालि पहिलो पटक नयाँ प्रधानमन्त्री नियुक्त गर्दा एउटा परम्परा भङ्ग भयो। यसपालि महारानीले नयाँ प्रधानमन्त्रीलाई लन्डनस्थित बकिङ्गम दरबार नभई बाल्मोरल कासलमा भेट दिइन्।

मङ्गलवार ट्रसलाई औपचारिक रूपमा प्रधानमन्त्री नियुक्ति गर्दा बाल्मोरलमा केही आमन्त्रितहरू उपस्थित थिए। त्यसअघि बोरिस जोनसनले पनि सोही स्थानमा महारानीलाई भेटेर राजीनामा दिएका थिए।

सन् १९५२ मा विन्स्टन चर्चिल प्रधानमन्त्री हुँदा एलिजाबेथ महारानी बनेकी थिइन्।

यहाँ उनको ७० वर्षे शासनकालका सबै प्रधानमन्त्रीसँग खिचिएका तस्बिरहरू प्रस्तुत गरिएको छ।

विन्स्टन चर्चिल १९५१-१९५५

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९५३ मा तत्कालIन प्रधानमन्त्री सर विन्स्टन चर्चिलसँग भेट्दै महारानी र उनका दुई सन्तान

एन्थनी इडन १९५५-१९५७

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९५६ मा एन्थनी इडनसँग हात मिलाउँदै महारानी

हारोल्ड मक्मिलन १९५७-१९६३

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अक्सफर्ड यूनिभर्सिटीको कुलपति पनि रहेका हारोल्ड मक्मिलन सन् १९६० मा महारानीलाई विश्वविद्यालयमा स्वागत गर्दै

एलेक डग्लस-होम १९६३-१९६४

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, सन् १९६४ मा महारानी र एलेक डग्लस-होमबीचको भेट

यो पनि हेर्नुहोस्

हारोल्ड विल्सन १९६४-१९७०

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९६९ मा महारानीसँग हारोल्ड विल्सन

एड्वर्ड हीथ १९७०-१९७४

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९० मा एड्वर्ड हीथ, रिचर्ड निक्सन र प्याट निक्सनसँग महारानी

हारोल्ड विल्सन १९७४-१९७६

तस्बिर स्रोत, Alamy

तस्बिरको क्याप्शन, सन् १९७६ मा महारानीलाई स्वागत गर्दै हारोल्ड विल्सन

जेम्स क्यालहन १९७६-१९७९

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दिवाभोजको निम्ति जेम्स क्यालहन र महारानीको भेट

मार्गरेट थ्याचर १९७९-१९९०

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९८४ मा बकिङ्गम दरबारमा मार्गरेट थ्याचर र रोनाल्ड रेगनसँग महारानी

जोन मेजर १९९०-१९९७

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, जोन मेजर, मार्गरेट थ्याचर, हारोल्ड विल्सन, एड्वार्ड हीथ र जेम्स क्यालहनसँग महारानी

टोनी ब्लेअर १९९७-२००७

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टोली ब्लेअरसँग तस्बिर खिचाउँदै महारानी

गोर्डन ब्राउन २००७-२०१०

तस्बिर स्रोत, Alamy

तस्बिरको क्याप्शन, सन् २००७ मा महारानी र गोर्डन ब्राउनबीचको भेट

डेभिड क्यामरन २०१०-२०१६

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डेभिड क्यामरन र महारानी

टरिजा मे २०१६-२०१९

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१६ प्रधानमन्त्री नियुक्त हुँदा बकिङ्गम दरबारमा महारानीसँग हात मिलाउँदै टरिजा मे

बोरिस जोनसन २०१९-२०२२

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१९ मा टरिजा मेपछि प्रधानमन्त्रीको नियुक्ति लिँदै बोरिस जोनसन

लिज ट्रस २०२२ मा नियुक्त

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, लिज ट्रस महारानीबाट नियुक्ति पाउने १५ औँ प्रधानमन्त्री हुन्

सबै तस्बिरको सर्वाधिकार सुरक्षित