भारतः पानी लिन बिनाडोरी गहिरो इरानभित्र छिरेको भिडिओ भाइरल

तस्बिर स्रोत, ANI

पढ्ने समय: २ मिनेट

भारतमा एक महिला पानी लिन डरलाग्दो किसिमले एउटा गहिरो इनारभित्र छिरेको भिडिओ अहिले भाइरल भएको छ।

उक्त दृश्यबाट मध्य प्रदेश राज्यले खेप्नुपरेको चरम जल सङ्कटलाई देखिएको छ।

उक्त भिडिओमा शरीरमा डोरी नबाँधीकनै र सुरक्षाका लागि अन्य उपाय अवलम्बन नगरीकनै ती महिला इनारको भित्तामा घस्रिँदै तल ओर्लिएको देखिन्छ।

घुसिया गाउँमा इनार र पोखरी सुकेपछि मानिसहरूलाई पानीको जोहो गर्न निकै कठिन भएको छ।

पानीका लागि उनीहरू यस्तो जोखिमपूर्ण उपाय खोज्न बाध्य भएका हुन्।

ठूलो सङ्कट

भारतमा अरू क्षेत्रमा पनि पानीको ठूलो सङ्कट उत्पन्न भएको छ।

भारतमा पानी लिन मानिसहरूले ज्यान जोखिममा पारेको भिडिओ प्रायः भाइरल हुने गरेको छ। गत एप्रिल महिनामा महाराष्ट्रकी एक महिला पानी लिन इनारभित्र छिरेको देखिने भिडिओ सार्वजनिक भएको थियो।

सन् २०१९ मा प्रकाशित एउटा प्रतिवेदनमा भारतसहित विभिन्न १७ वटा देशमा ठूलो जलसङ्कट भएको उल्लेख थियो।

उक्त प्रतिवेदनका अनुसार मध्य प्रदेश, पञ्जाब, राजस्थान, उत्तर प्रदेश, गुजरात, उत्तराखण्ड र हरियाणा राज्यमा पानीको ठूलो सङ्कट छ।

मध्य प्रदेशमा प्रत्येक वर्ष गर्मी याममा पानीको सङ्कट दोहोरिन्छ। राज्य सरकारले प्रत्येक गाउँलाई सन् २०२४ सम्म धाराबाट पानी उपलब्ध गराउने वाचा गरेको छ।

तर लाखौँ मानिसहरूले खानेपानी पाएका छैनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको सङ्कट समाधान गर्न महिलाको अगुवाइ

चुनाव बहिष्कार

घुसियामा आक्रोशित गाउँलेहरूले सरकारको विरोध गर्दै यसपालि हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने बताएका छन्।

"पानी लिन हामी इनारमा तल ओर्लिनुपर्छ। यहाँ तीनवटा इनार छन्, तर सबै सुकेका छन्। कुनै चापाकलमा पानी छैन," एक महिलाले समाचारसंस्था एएनआईसँग भनिन्।

"सरकारी कर्मचारी र नेताहरू चुनावमा मात्र आउँछन्। राम्रो पानी आपूर्ति नभएसम्म यसपालि हामीले मत नदिने निर्णय गरेका छौँ," उनले भनिन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

भिडिओबारे प्रतिक्रिया

धेरै जनाले सामाजिक सञ्जालमा उक्त भिडिओमा देखिएको दृश्य र परिस्थितिलाई "हृदयविदारक" को सङ्ज्ञा दिँदै गाउँलेहरूलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन्।

भूमिगत पानी निकाल्ने देशमध्ये भारत सबैभन्दा ठूलो हो। दैनिक आपूर्तिका लागि धेरै मानिस भूमिगत पानीमै निर्भर छन्।

विश्व ब्याङ्कका अनुसार भारतका दुईतिहाई जिल्ला भूमिगत पानीको खस्किँदो तहका कारण सङ्कटमा छन्।

भारतमा सन् २०५० भित्र पानीको चरम सङ्कट देखा पर्ने प्रक्षेपण गरिएको छ।

तीसवटा भारतीय सहर ठूलो जोखिम भएका क्षेत्रमा पर्छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानी अभाव: बढ्दो पानीको समस्या रोक्ने उपाय यी हुन सक्छन्
भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीका लागि शरीर बेच्न बाध्य केन्याका महिलाहरू
भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको हाहाकार
भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको दुःख भएपछि टुक्रिएको एउटा हिमाली गाउँ