वर्ल्ड प्रेस फोटो प्रतियोगिता २०२२ का विजेता १० तस्बिरहरू

प्रतिष्ठित वर्ल्ड प्रेस फोटो प्रतियोगिताको ६७औँ संस्करणका विजेताहरू घोषणा गरिएका छन्। विजयी १० तस्बिरहरू यस्ता छन्:

तस्बिर स्रोत, AMBER BRACKEN FOR THE NEW YORK TIMES

तस्बिरको क्याप्शन, एम्बर ब्रेकनको कामलुप्स आवसीय विद्यालय शीर्षकको यो तस्बिर सन् २०२२ को प्रतियोगिताको सर्वोकृष्ट तस्बिर छानिएको छ। क्यानडामा हराएका बालबालिकाको सामूहिक चिहानमा टाँगिएका लुगाको यो तस्बिर सन् २०२१ मा सो चिहान पत्ता लागेपछि लिइएको थियो।

तस्बिर स्रोत, MATTHEW ABBOTT TAKEN FOR NATIONAL GEOGRAPHIC

तस्बिरको क्याप्शन, म्याथ्यू एबोटको यो तस्बिरसहितको श्रृङ्खलाले सर्वोकृष्ट तस्बिर कथाको पुरस्कार प्राप्त गर्यो। तस्बिरमा अस्ट्रेलियाका आदिवासीको ठूलो डढेलोबाट जङ्गल जोगाउन सानो आगो बालेर झारपात हटाउने पुरातन अभ्यास देखिन्छ।

तस्बिर स्रोत, MATTHEW ABBOTT TAKEN FOR NATIONAL GEOGRAPHIC

तस्बिरको क्याप्शन, म्याथ्यू एबोटको अर्को तस्बिर।

तस्बिर स्रोत, LALO DE ALMEIDA, TAKEN FOR FOLHA DE SÃO PAULO

तस्बिरको क्याप्शन, लालो डे अल्मेडियाको यो तस्बिरलाई निर्णायक समूहले लङ-टर्म प्रोजेक्टमा पुरस्कृत गर्ने निर्णय गरेको छ। ब्रजिलमा अमेजन जङ्गलको विनाश, खानी उत्खनन, प्राकृतिक स्रोतको दोहन र भौतिक पूर्वाधारका कारण भएको जोखिम यो तस्बिरमा देखिन्छ।

तस्बिर स्रोत, LALO DE ALMEIDA, TAKEN FOR FOLHA DE SÃO PAULO

तस्बिरको क्याप्शन, लालो डे अल्मेडियाको अर्को तस्बिर।

तस्बिर स्रोत, FATIMA SHBAIR TAKEN FOR GETTY IMAGES

तस्बिरको क्याप्शन, एशिया क्षेत्रको एकल तस्बिरमा उत्कृष्ट ठहरिएको फातिमा शबेरको यो तस्बिरमा प्यालेस्टाइनी बालबालिकाहरूले युद्धविरामको बेला मैनबत्तिको उज्यालोमा भेला भएको देखिन्छ।

तस्बिर स्रोत, BRAM JANSSEN TAKEN FOR AP

तस्बिरको क्याप्शन, एशिया क्षेत्रको तस्बिर कथामा उत्कृष्ट ठहरिएको ब्राम जान्सेनको यो तस्बिरमा अफगानिस्तानमा तालिबानले सिनेमा हल बन्द गरेको झन्डै तीन महिनापछि काबुलस्थित अरियाना सिनेमामा काम गर्ने टिकट जाँचकी गुल मोहम्मद देखिन्छन्।

तस्बिर स्रोत, KONSTANTINOS TSAKALIDIS TAKEN FOR BLOOMBERG NEWS

तस्बिरको क्याप्शन, युरोप क्षेत्रको उत्कृष्ट तस्बिरमा ग्रीसमा आफ्नो घरनजिकै डढेलो आइपुगेपछि रोइरहेकी पानायोटा क्रिस्ट्सीओपी देखिन्छिन्।

तस्बिर स्रोत, NANNA HEITMANN TAKEN FOR MAGNUM PHOTOS

तस्बिरको क्याप्शन, युरोप क्षेत्रको उत्कृष्ट तस्बिर कथामा एउटा तस्बिरमा रुसको साइबेरीयामा डढेलो निभाउन खटिएका स्थानीय स्वयंसेवकहरू खाजा खाइरहेको देखिन्छन्।

तस्बिर स्रोत, VLADIMIR ENCINA

तस्बिरको क्याप्शन, दक्षिण अमेरिका क्षेत्रको उत्कृष्ट तस्बिरमा कोलम्बियाको सान इसीड्रो बस्तीबाट प्रहरीले मानिसहरू निकाल्न खोज्दै प्रहरीले गिरफ्तार गरेको व्यक्तिलाई छुटाउन उनको श्रीमती र परिवारले गरिरहेको सङ्घर्ष देखिन्छ।