युक्रेनमा युद्ध: घरहरू रुसी आक्रमणमा परेर ह्वार्ह्वारी बल्दै गर्दा भाग्दै गरेका इरपिनका स्थानीय बासिन्दा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ५ मार्चका दिन इरपिन शहर छोड्दै गर्दा भत्किएको पुल तर्दै मानिसहरू

किएभबाट २० किलोमिटरमा उत्तर-पश्चिममा रहेको इरपिन शहरबाट त्यहाँको सेनाको सहयोगमा बाहिरिँदै गरेका मानिसहरू

यो बाटो कठिन छ, गोलाबारी भइरहेका सडक र क्षतिग्रस्त पुलबाट धेरै मानिसहरू पैदल यात्रामा छन्।

तस्बिर स्रोत, Getty Images

गत हप्ता इरपिन रुसी र युक्रेनी सेनाको युद्ध मैदान बन्न पुग्यो।

तस्बिर स्रोत, Getty Images

हतियार र हवाई आक्रमणले यो क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ, कम्तीमा मानिसहरू बस्ने एउटा टावर झन्डै पूर्ण रूपमा क्षति भएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Getty Images

पछिल्ला दिनमा खासगरी महिला र केटाकेटी बोकेका रेल किएभका बाहिरी भागबाट भित्री भागतर्फ आउने गरेका छन्।

तस्बिर स्रोत, Getty Images

यो हप्ताको शुरूतिर इरपिनको एउटा आवासीय भवनमा गोलाबारी भएपछि विध्वंस हुँदाको दृश्य यो भिडिओमा:

भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस्: आवासीय भवनमा भएको आक्रमण देखाउने भिडिओ (सावधान: यो फूटेजमा विचलित पार्ने किसिमका दृश्य छन्)

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।