कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डमा हाँसिरहेको सील र गाइरहेको बबुन

तस्बिर स्रोत, Martina Novotna

तस्बिरको क्याप्शन, यूके राभेनस्करमा मार्टिना नोभोट्नाले खिचेको खैरो सीलको तस्बिर

'कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्ड २०२१' का ४२ अन्तिम प्रतिस्पर्धी घोषणा गरिएका छन्। ती सबैले जनावरका रमाइला भावभङ्गिमा प्रदर्शन गरेका छन्।

खित्खिताइरहेको जस्तो देखिने सील र गीत गाइरहेको जस्तो देखिने लङ्गुरको मनमोहक तस्बिर यो वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी प्रतिस्पर्धामा छनौट भएका छन्।

पल जोयनसन-हिक्स र टम सुलमले 'कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्ड' स्थापना गरेका हुन्।

दुवैजना व्यवसायिक फोटोग्राफर र सौखिन संरक्षणकर्ताहरू हुन्।

रमाइला यी तस्बिरले जङ्गली जनावर संरक्षणको महत्त्वपूर्ण सन्देश दिने गर्छन्।

प्रतिस्पर्धाका सहआयोजक सेभ वाइल्ड ओराङउटान हो।

२२ अक्टोबरका दिन विजेताहरू घोषणा गरिनेछ।

यसैबीच चुनिएका केही फोटोहरू जसले तपाईँका मुहारमा मुस्कान ल्याइदिनेछन्।

दक्षिण अफ्रिकामा एन्ड्र्यु मायसले खिचेको 'मन्ड मर्निङ मुड' अर्थात् सोमवार बिहानको मनोदशा शिर्षकको तस्बिर।

तस्बिर स्रोत, Andrew Mayes

तस्बिरको क्याप्शन, विचित्रको स्टारलिङ (एक प्रकारको मैना)

सुदूर पूर्वी रुसमा खिचिएको एन्डी पार्किन्सनको ब्राउन बीयरको 'आउ नाचौँ' शिर्षकको तस्बिर

तस्बिर स्रोत, Andy Parkinson

तस्बिरको क्याप्शन, खैरो भालुका बच्चाहरू एक आपसमा खेल्दै

क्यालिफोर्नियामा खिचिएको अनिता रोसको 'चुप' शिर्षकको लाटोकोसेरोको फोटो

तस्बिर स्रोत, Anita Ross

तस्बिरको क्याप्शन, लाटोकोशेरो

ब्रूक बर्लिङले विसकन्सिनमा खिचेको 'फूट जाम' शिर्षकको फोटो

तस्बिर स्रोत, Brook Burling

तस्बिरको क्याप्शन, एउटा खुट्टा बाहिर राखेर बसेको रकुन

सिङ्गापुरमा खिचिएको 'टाइम फर स्कूल' अर्थात् स्कूल जाने बेला भयो शिर्षक दिइएको ची की टीओको तस्बिर

तस्बिर स्रोत, Chee Kee Teo

तस्बिरको क्याप्शन, बच्चा मुखमा च्यापेको ओटर

ताइवानमा खिचिएको 'सी हु जम्प्स हाइ' अर्थात् को माथि पुग्छ शिर्षकको माछाको तस्बिर

तस्बिर स्रोत, Chu han lin

तस्बिरको क्याप्शन, मडस्किपर्स, माछाहरू

साउदी अरेबीयामा क्लीमेन्स गीनार्डले खिचेको लङ्गुरले मुख बाएको तस्बिर

तस्बिर स्रोत, Clemence Guinard

तस्बिरको क्याप्शन, हामाड्रीयास बबुन, एक प्रकारको लङ्गुर

द नेदरल्यान्डको ग्रोएनल्यान्डेनमा एडविन स्मिट्ले खिचेको ऊजीको तस्बिर

तस्बिर स्रोत, Edwin Smits

तस्बिरको क्याप्शन, कोनिक घोडा

तडोबा अन्धारी टाइगर रिजर्भ भारतमा खिचिएको 'डान्सिङ अ वे टु ग्लोरी' शीर्षकको तस्बिर

तस्बिर स्रोत, Sarosh Lodhi

तस्बिरको क्याप्शन, लङ्गुरहरू

जिम कोर्बेट न्याशनल पार्क भारतमा सिद्धान्त अग्रवालले खिचेको 'स्मोक्ड डीअर फर डिनर' शिर्षकको तस्बिर

तस्बिर स्रोत, Siddhant Agrawal

तस्बिरको क्याप्शन, बाघ

कोडियाक, आलस्कामा वेनोना सीडमले खिचेको 'ड्र मी लाइक वान अफ योर फ्रेन्च बीयर्स' शिर्षकको तस्बिर

तस्बिर स्रोत, Wenona Suydam

तस्बिरको क्याप्शन, एउटा खैरो भालु

तस्बिरको सर्वाधिकार सुरक्षित छ।