खग्रास चन्द्रग्रहणः विश्वभरि विभिन्न स्थानबाट यस्तो देखियो

एउटा दुर्लभ खगोलीय घटनामा 'सुपर ब्लड मून' भनिने अवस्थाको चन्द्रमालाई सुन्तला र रातो मिश्रित रङ्मा देखिएको छ।

बुधवार राति संसारका केही स्थानबाट पृथ्वी, चन्द्रमा र सूर्य एउटै सीधा रेखामा आइपुगेको बेलामा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई पूरै ढाकिदियो। खग्रास चन्द्रग्रहण भएको त्यो अवस्थामा चन्द्रमा त्यो रूपमा देखिन्छ।

सन् २०१९ यताको यो पहिलो खग्रास चन्द्रग्रहण चन्द्रमा पृथ्वीभन्दा सबैभन्दा निकट रहेको बेलामा भएको छ। यसलाई खगोलशास्त्रीहरूले एक दशकमा एक पटक हुने घटना भनेका छन्।

विश्वभरि फोटोग्राफरहरूले यो खग्रास चन्द्रग्रहणका सुन्दर तस्बिरहरू खिचेका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अस्ट्रेलियाको सिड्नीको आकाशमा देखिएको चन्द्रमा

बुधवार जीएमटी ११:११ देखि ११:२५ को बीचमा चन्द्रमा पूर्ण रूपमा पृथ्वीको छायामा थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अस्ट्रेलियाको सिड्नीस्थित प्रख्यात ओपेरा हाउसमाथि चन्द्रमा देखिँदा रात छिप्पिसकेको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनको युन्चङको आकाशमा देखिएको सुपरमून

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टर्कीको इस्तानबुलस्थित ग्रान्ड चाम्लजा मस्जिद चन्द्रग्रहणका बेला अझ सुन्दर देखिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ग्रीसको एथेन्सनजिक टेम्पल अफ पसाइडनपछाडि खग्रास चन्द्रग्रहण भव्य देखिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूकेको प्रागैतिहासिक स्मारक स्टोनहेन्जमाथि बादलमा देखिएको खग्रास चन्द्रग्रहण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्पेनको राजधानी मड्रिडमा चन्द्रमा गगनचुम्बी भवनहरूको बीचबाट गुज्रिरहेको जस्तो देखिएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ब्रजिलको रिओ द जनैरोस्थित क्राइस्ट द रिडिमा सालिकपछाडि देखिएको चन्द्रग्रहण

सबै तस्बिरमा उल्लेख गरिएअनुसार सर्वाधिकार सुरक्षित छ।