कोभिड भारत: प्रतिबन्ध छल्न आकाशमै विवाह

पढ्ने समय: १ मिनेट

एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ।

उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ।

द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ।

वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए।

ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

भारतमा अहिले कोरोनाभाइरसको घातक दोस्रो लहर चलिरहेको छ।

कोभिडका कारण त्यहाँ अहिलेसम्म कम्तीमा तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

विगतका साताहरूमा अस्पताल र मसानघाटहरूमा भिड लागेको एवं त्यसका कारण अक्सिजनको कमी र दाहसंस्कार चौबीसै घण्टा गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

धेरै परिवारले आफन्तको दाहसंस्कारको खर्च बेहोर्न नसकेपछि गङ्गा नदीको किनारमा शवहरू गैरकानुनी रूपमा गाडेर छोडेको समाचारहरू आएका छन्।

मङ्गलवार बिहान २४ घण्टाको अवधिमा भारतमा एक लाख ९६ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ३,५११ जनाको ज्यान गएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड भारतः मृत्युशय्याबाट ३४ वर्षीया आमाको अन्तिम सन्देश

यो पनि हेर्नुहोस्