२०२१ सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्सः यस्ता छन् विभिन्न उपाधि जित्ने तस्बिर
भिक्टोरियन पहिरनमा परम्परागत खाना पकाउने उपकरण शोना बोकिरहेकी एक युवतीको तस्बिरले २०२१ को सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्समा प्रथम स्थान हासिल गरेको छ।
उक्त खुला प्रतिस्पर्धाले एकल तस्बिरको शक्तिलाई देखाएको छ। जिम्बाब्वेकी वेकी तामरी कुदिता यस वर्षकी विजेता हुन्।
उनको 'अफ्रिकन भिक्टोरियन' पोट्रेटले उक्त अवार्ड जिताएको हो।
"यसले समकालीन व्यक्तिप्रति सम्मान व्यक्त गर्छ जो इतिहासमा गहिरोसँग बसेका छन्," उनले भनिन्।
"मेरो कामको केन्द्रीय धारणा अफ्रिकाको प्रतिनिधित्व हो र जिम्बाब्वेली कलालाई विश्वमा चिनाउने अवसर प्राप्त भएकोमा आभारी छु।"
तस्बिर स्रोत, Tamary Kudita
व्यावसायिक प्रतिस्पर्धासँगै विद्यार्थी र युवा प्रतिस्पर्धाका विजेताहरूको नाम पनि घोषणा भएको छ।
स्टेलनबोश अक्याडमी अफ डिजाइन एन्ड फोटोग्राफीका कोइन्राड हाइन टोर्लागले 'युवा कृषक'का लागि विद्यार्थीतर्फको प्रतिस्पर्धा जितेका छन्।
यो परियोजनाले सुक्खा र सुरक्षा चुनौतीको खोजी गर्छ र दक्षिण अफ्रिकी किसानको आगामी पुस्ताले सामना गरिरहेको जमिनको स्वामित्त्वबारे बहस चलाउँछ।
तस्बिर स्रोत, Coenraad Heinz Torlage
यूथ फोटोग्राफर अफ द यीअरको अवार्ड भारतका १९ वर्षीय पुवारुन बसुले हात पारेका छन्।
तस्बिर स्रोत, Pubarun Basu
वृत्तचित्र श्रेणीमा इटलीका भिटो फुस्को विजयी भए। उनले केन्याको फाइरेथ्रम फूलमा आफ्नो शृङ्खलाका लागि उक्त पुरस्कार पाएका हुन्। त्यो फूललाई प्राकृतिक कीटनाशकका रूपमा प्रयोग गरिन्छ।
तस्बिर स्रोत, Vito Fusco
इरानका मजिद होज्जातीको 'मौन छिमेक'ले ल्यान्डस्केपतर्फ उपाधि पाएको छ।
तस्बिर स्रोत, Majid Hojjati
क्रेग इस्टनलाई फोटोग्राफर अफ द यीअरको उपाधि प्राप्त भयो। उनले उत्तरी इङ्ल्यान्डका समुदायको प्रतिनिधित्वका लागि यो पुरस्कार पाए।
तस्बिर स्रोत, Craig Easton
उनले उत्तरी इङ्ल्यान्डका समुदायलाई प्रतिनिधित्व गराउन लेखक तथा प्राज्ञ अब्दुल अजिज हाफिजसँग सहकार्य गरेका थिए।
तस्बिर स्रोत, Craig Easton
चेक गणतन्त्रका तोमास भोसेल्काले आर्किटेक्ट वर्गतर्फ पुरस्कार जिते। उनले एउटा पुरानो सैन्य परिसरको तस्बिर खिचेका थिए।
तस्बिर स्रोत, Tomáš Vocelka
यूकेका मार्क ह्यामिल्टनले सिर्जनशील वर्गको पुरस्कार जिते। उनले नासा र जेट प्रोपल्सन प्रयोगशालाका तस्बिरहरू सम्पादन गरेका थिए।
तस्बिर स्रोत, Mark Hamilton Gruchy
इटलीका सिमोने त्रामोन्ते वातावरण विधामा विजयी भए।
तस्बिर स्रोत, Simone Tramonte
लोरा पुनाकलाई पोर्टफोलिओ विधाको पुरस्कार हात पर्यो।
तस्बिर स्रोत, Laura Pannack
अनस अलखबरौलीले युद्ध र त्रासको साटो खेलकुद विधामा पुरस्कार पाए। उनले सिरियामा युद्धग्रस्त क्षेत्रनजिकैको एउटा विद्यालयमा कराते स्कूलको तस्बिर लिएका थिए।
तस्बिर स्रोत, Anas Alkharboutli
'द स्टील लाइफ' विजेता द नेदरल्यान्ड्सका पिटर इलेभेल्ड बने। उनले भिजेको प्लेटमा उक्त तस्बिर लिएका हुन्।
तस्बिर स्रोत, Peter Eleveld
पूर्वी अफ्रिकामा सलहको प्रकोपको तस्बिरले 'वन्यजन्तु र प्रकृति' विधामा स्पेनका लुइस ताओलाई विजेता बनाएको छ।
तस्बिर स्रोत, Luis Tato
सबै तस्बिरहरूको सर्वाधिकार '२०२१ सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्स्' सँग सुरक्षित
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन