सूइज नहरः एशिया र युरोप जोड्ने जलमार्ग विशाल पानीजहाजका कारण अवरुद्ध
तस्बिर स्रोत, Reuters
फुटबल मैदानजत्रो विशाल मालवाहक पानीजहाज इजिप्टको सूइज नहरमा तेर्सो परेर अड्किएपछि संसारको व्यस्त व्यापारिक जलमार्ग अवरुद्ध भएको छ।
अचानक आएको हावाका कारण छड्के परेको ४०० मिटर लामो जहाजलाई सोझ्याउन कम्तीमा आठबटा डुङ्गाले प्रयास गरिरहेका छन्।
पानामामा दर्ता एभरग्रीन शिपिङ कम्पनीको एभर गिभन नामक जहाजका कारण दर्जनौँ अरू पानीजहाजहरू अड्किएका छन्।
इजिप्टले केही पानीजहाजका लागि पुरानो जलमार्ग खोलेको छ। यो अवरोधले गरेर तेलको मूल्यवृद्धि भएको बताइएको छ।
तस्बिर स्रोत, EPA
एशिया र युरोपबीच सबैभन्दा छोटो जलमार्ग हुने यो बाटोबाट विश्वको १२ प्रतिशत व्यापार ओहोरदोहोर हुन्छ।
अड्किएको पानीजहाज सन् २०१८ मा बनेको र त्यो दुई लाख टनको रहेको बताइएको छ।
तस्बिर स्रोत, EPA
झन्डै ५९ मिटर चौडाइको उक्त जहाजले नहर पूरै ढाकेको छ।
विज्ञहरूले सो जहाज हटाउन केही दिन लाग्न सक्ने बताएका छन्। समाचारसंस्था रोएटर्सका अनुसार यसका कारण कम्तीमा ३३ पानीजहाज अड्किएका छन्।
तस्बिर स्रोत, Reuters
सूइज नहरबाट सन् २०२० मा मात्रै १९,००० पानीजहाज ओहोरदोहोर गरेका थिए।
सो नहर १९३ किलोमिटर लामो छ।
तस्बिर स्रोत, EPA
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन