तस्बिरमा यो साता: रोचक समाचार तस्बिरहरू

यो साता विश्वभर खिचिएका रोचक समाचार तस्बिरहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसको निझनी नोभगोरोड पशु अस्पतालमा राखिएको एउटा खोरमा बसिरहेको नीलो रौँ भएको कुकुर। जरझीन्स्क शहरमा हाल बन्द रहेको रासायनिक कारखाना नजिकै हालै नीलो रौँ भएका केही कुकुरहरू फेला परेका थिए

तस्बिर स्रोत, Fabrizio Villa / Getty Images

तस्बिरको क्याप्शन, माउन्ट एट्नास्थित युरोपको सबभन्दा सक्रिय ज्वालामुखीबाट निस्केको लाभा। यो यसै साता मङ्गलवार र बिहीवार पनि विस्फोट भएको थियो। नजिकका शहरमा अधिकारीहरूले अनुगमन गरिरहेका छन्।

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, शुक्रवार मङ्गल ग्रहको जेजेरो क्रेटरमा नासाको पर्सिभिअरन्स रोभर अवतरण गर्दा खिचिएको भिडिओबाट निकालिएको तस्बिर। यो ६ पाङ्ग्रे रोबटले कम्तीमा दुई वर्ष यहाँका चट्टानहरू खोपेर बिताउने छ र त्यहाँ जीवावशेष थिए कि भनेर अन्वेषण गर्नेछ। यो क्रेटरमा अरबौँ वर्ष अघि विशाल ताल थियो भन्ने वैज्ञानकिहरूको विश्वास छ।

तस्बिर स्रोत, Milos Bicanski / Getty Images

तस्बिरको क्याप्शन, एथेन्सको एक्रोपोलिसस्थित एथेना नाइक टेम्पलमा परेको हिउँ। त्यहाँको तापक्रम माइनस १९ डिग्री सेल्सियससम्म पुगेको छ। प्रधानमन्त्री कीरियाकोस मिट्सोटाकिसले त्यहाँका नागरिकलाई घरभित्रै रहन आग्रह गरेका छन्।

तस्बिर स्रोत, Victoria Jones / PA Media

तस्बिरको क्याप्शन, ब्रिटेनको अक्सफर्डस्थित योग प्रशिक्षक ह्यारियट म्याक्एटीले ६ फीट चौडा डुङ्गाबाट योगका कक्षाहरू चलाउँछिन्। महामारीका कारण उनले जूम भिडिओ कल मार्फत् प्रशिक्षण दिन्छिन्।

तस्बिर स्रोत, CHAIDEER MAHYUDDIN/AFP

तस्बिरको क्याप्शन, इन्डोनेशियाको सुमात्रा प्रान्तस्थित एक हात्ती संरक्षण केन्द्रमा एउटा हात्तीको छावालाई उपचार गरिँदै

तस्बिर स्रोत, Pierre Crom / Getty Images

तस्बिरको क्याप्शन, नेदरल्यान्ड्समा शून्यको हाराहारीमा तापक्रम झर्दा आइस स्केटिङ गर्नेहरूले न्यून तापक्रमको फाइदा उठाइरहेका छन्। त्यहाँका प्रधानमन्त्री मार्क रुटअले 'राम्रो मौसमको फाइदा लिन तर कोभिड १९ का मापदण्ड पालना गर्न' आग्रह गरेका छन्।

तस्बिर स्रोत, Peter Byrne / PA Media

तस्बिरको क्याप्शन, म्यान्चेस्टर क्षेत्रमा रहेको एउटा घर भत्किएपछि भग्नावशेषबाट एक ६१ वर्षीया महिलाको शव प्रहरीले निकालेको छ। घर कसरी भत्कियो भन्ने पत्ता लगाउन अनुसन्धान जारी छ।

तस्बिर स्रोत, Eamonn M. McCormack / Getty Images

तस्बिरको क्याप्शन, ब्रिटेनमा ड्यूक अफ एडिनबरा राजकुमार फिलिप, ९९, लाई भर्ना गरिएको किङ एडवार्ड VII अस्पताल बाहिर उभिएका प्रहरी अधिकारीहरू। बकिङ्घम दरबारले उनलाई कोरोनाभाइरस सम्बन्धी समस्या नरहेको बताएको छ। उनी अझै केही दिन अस्पतालमा रहने ठानिएको छ।

तस्बिर स्रोत, Teng Zhizhong / Getty Images

तस्बिरको क्याप्शन, चीनको हुनान प्रान्तस्थित सोङ्गपो किताबपसलमा स्प्रीङ फेस्टिभलका बेला बहुतले भवनमा प्रदर्शनमा राखिएका किताबहरू उभिएर पढिरहेका मानिसहरू।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित।